सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी

बुधबार, ०६ जेठ २०८३, ११ : २६
बुधबार, ०६ जेठ २०८३

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि चेतावनी दिएका छन् ।
  • सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम उनीहरूको क्रियाकलाप र व्यवहार सच्याउन भनेका छन् ।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को पालना गराउनुपर्ने प्रश्न उठाएका छन् ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि बुधबारकाे बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।

त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो भनेर प्रश्न गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप