बिहान ब्रस गर्ने बित्तिकै खाने बानी छ ?
सारांश
- ब्रस गरेपछि तुरुन्तै खाना खाँदा वा पिउँदा दाँतको इनामेलमा रहेको फ्लोराइड तह हट्छ, जसले दाँतलाई क्याभिटी, एसिड र ब्याक्टेरियाको जोखिममा पार्छ ।
- सुन्तला, गोलभेडा जस्ता अम्लीय खानेकुरा र गुलियो, विशेष गरी चिसो खानेकुराले ब्रस गरेपछि दाँतको इनामेललाई कमजोर बनाउने र किरा लाग्ने जोखिम बढाउँछ ।
- ब्रस गरेपछि तुरुन्तै खानु परेमा केरा, खरबुजा, दही, चीज, होल अन्न, बदाम जस्ता कम अम्लीय वा नरम खानेकुरा खान सकिन्छ र पानी पिउने, फ्लोराइड माउथवाश प्रयोग गर्ने वा चिनीरहित चुइङ्गम चपाउने जस्ता सावधानी अपनाउनु पर्छ ।
काठमाडौँ । दाँतलाई स्वस्थ राख्न नियमित रूपमा र खाना खानुअघि ब्रस गर्नु पर्छ भनेर भनिन्छ । यद्यपि, ब्रस गरेपछि तुरुन्तै खाना खाने बानीले पनि तपाईंको दाँतलाई हानि पुर्याउन सक्छ ।
तपाईँले याद गर्नुभएको छ कि छैन ? ब्रस गरेपछि तुरुन्तै केही खानेकुरा खाँदा वा पिउँदा स्वाद तितो लाग्छ । यस्तो खास गरेर सुन्तलाको रस जस्ता चीजहरू खाँदा हुन्छ । आजको यस लेखमा यस्तो किन हुन्छ र ब्रस गरेपछि तुरुन्तै खाना खानुलाई किन खराब स्वास्थ्य अभ्यास मानिन्छ भनेर कुराकानी गर्नेछौँ ।
ब्रशिङको प्रभावकारिता घट्छ
ब्रस गरेपछि तुरुन्तै खाना खानु वा पिउनुले ब्रशिङको प्रभावकारितामा बाधा पुर्याउन सक्छ । टूथपेस्टमा रहेको फ्लोराइडले दाँतको इनामेलमा कोटिंग बनाउँछ, जुन छोटो समयको लागि मात्र रहन्छ । यस समयमा खाना खाँदा यो फ्लोराइड तह हट्छ, जसले गर्दा तपाईंको दाँत खाना, एसिड र ब्याक्टेरियाको बढी जोखिममा पर्छ । टूथपेस्टमा फ्लोराइडको स्वस्थ मात्राले यसरी काम गर्छ:
- दाँतलाई क्याभिटीबाट बचाउँछ ।
- दाँतलाई बलियो बनाउँछ ।
- एसिड र ब्याक्टेरियाबाट बचाउँछ ।
यी खानेकुराहरूले बढी हानि पुर्याउँछन्ः
ब्रस गरेपछि तुरुन्तै केहि पनि खानु वा पिउनु हुँदैन । दाँत माझ्ने बित्तिकै यी खानेकुराहरू खानु दाँतको लागि अझ हानिकारक हुन सक्छन्:
एसिडिक खानेकुराहरू: सुन्तला, गोलभेडा, वा भिनेगर जस्ता अम्लीय खानेकुराहरूले मुखको पीएच स्वतः कम गर्छ । यसले दाँतको इनामेललाई कमजोर बनाउँछ । ब्रस गरेको कम्तिमा ३० मिनेटपछि ब्रशिङ वा दाँतको अन्य कुनै काम गर्नु पर्छ ।
गुलियो खानेकुराः ब्रस गरेपछि फ्लोराइडको प्रभाव केही समयसम्म रहन्छ । यसले ब्याक्टेरियाको आक्रमणबाट दाँतलाई बचाउँछ । यद्यपि, ब्रस गरेपछि तुरुन्तै गुलियो, विशेष गरी चिसो खानेकुरा खाँदा दाँत किरा लाग्ने जोखिम बढ्न सक्छ ।
ब्रस गरेपछि तुरुन्तै खान सकिने खानेकुराहरू:
- केरा र खरबुजा जस्ता नरम फलफूल
- दही र चीज जस्ता दुग्धजन्य पदार्थ
- होल अन्न र बदाम जस्ता कम अम्लीय खानेकुराहरू
तपाईँले ब्रस गरेपछि तुरुन्तै खानु पर्ने अवस्था छ भने यी सावधानीहरू अपनाउनुहोस्:
- खाएपछि पानी पिउनुहोस् यसले दाँतमा प्लाक बन्ने जोखिम कम हुन्छ ।
- फ्लोराइड भएको माउथवाशले कुल्ला गर्नुहोस् ।
- चिनीरहित चुइङ्गम चपाउनुहोस् । यसले र्यालको उत्पादन बढाउनेछ, खानाका कणहरू सजिलै हटाउनेछ र एसिडबाट बचाउनेछ ।
(अस्वीकरण: सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण