शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाले वीरेन्द्रकुमार साहलाई दियो केन्द्रीय जिम्मेवारी

शनिबार, ०९ जेठ २०८३, १६ : १८
शनिबार, ०९ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ।
  • पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
  • साहले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति र जनअपेक्षाअनुसार इमानदार ढंगले पूरा गर्ने प्रतिक्रिया दिएका छन्।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ। 

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

रास्वपाका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा साहलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विश्वास व्यक्त गरिएको छ।

मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। 

साहले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति र जनअपेक्षाअनुसार इमानदार ढंगले पूरा गर्ने प्रतिक्रिया दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप