बलुचिस्तानको रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट
आइतबार, १० जेठ २०८३, ११ : २७
सारांश
- पाकिस्तानको बलुचिस्तान क्षेत्रको राजधानी क्वेटामा रेलवे ट्र्याकमा भएको शक्तिशाली विस्फोटले यात्रुवाहक रेलका धेरै डिब्बा लिकबाट खसालेको छ ।
- मान फाटक क्षेत्र नजिकै भएको यस विस्फोटका कारण एउटा डिब्बामा आगलागी भएको थियो ।
- विस्फोटपछि उद्धार टोलीले यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको छ र घाइतेहरूलाई अस्पताल लगिएको छ ।
इस्लामावाद । पाकिस्तानको विद्रोहग्रस्त बलुचिस्तान क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा यात्रुवाहक रेलका धेरै डिब्बाहरू लिकबाट खसेका छन् । घटना राज्यको राजधानी क्वेटामा भएको हो ।
विस्फोटपछि कालो धुवाँको ठुलो मुस्लो रेलबाट उठिरहेको देखिएको छ । रिपोर्टका अनुसार, क्वेटाको मान फाटक क्षेत्र नजिकै दुर्घटना भएको हो । रेल केन्टबाट आइरहँदा रेलवे ट्र्याक नजिकै शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको तीव्रता यति थियो कि धेरै डिब्बा लिकबाट बाहिर खसेको थियो । एउटा डब्बामा आगो लागे लगत्तै राहत र उद्धार कार्य सुरु गरिएको थियो । रेलवे, प्रहरी र सुरक्षा एजेन्सीहरूको टोली घटनास्थलमा पुगेर यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् ।
घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ । यस घटनामा अहिलेसम्म मर्नेको सङ्ख्या पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण