बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी अर्थमन्त्रीको अभिव्यक्तिप्रति नेता पाण्डेको आपत्ति
सारांश
- राष्ट्रियसभाको समिति बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणबारे व्यक्त गरेको विचारप्रति नेता राजेन्द्रप्रसाद पाण्डेले असहमति जनाएका छन् ।
- नेता पाण्डेले अर्थमन्त्रीको अभिव्यक्तिले जनतामा निराशा पैदा गरेको र आयोजनालाई सामान्य जलविद्युत आयोजनाका रूपमा मूल्याङ्कन गरेकोमा आपत्ति जनाए ।
- पाण्डेले बुढीगण्डकीलाई बहुउद्देश्यीय गौरवको योजना भन्दै जल यातायात, पर्यटन प्रवर्द्धन, रिङ्गरोड निर्माण जस्ता यसका अन्य फाइदाहरूतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।
काठमाडौँ । राष्ट्रियसभाको ‘विकास, आर्थिक तथा सुशासन समिति’ को बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत र निर्माणका सम्बन्धमा व्यक्त गरेको विचारप्रति नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गम्भीर असहमति प्रकट गरेका छन् ।
नेता पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट जनतामा निराशा पैदा गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन्। आयोजनाको प्रारम्भिक सर्भेदेखि नै विशेष चासो राख्दै आएका पाण्डेले अर्थमन्त्री वाग्लेले प्रतिमेगावाट लागत बढी आउने भन्दै यसलाई सामान्य जलविद्युत आयोजनाको कोटामा राखेर मूल्याङ्कन गरेकोमा आपत्ति जनाए ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ९ वर्ष पहिले नै नेपाल सरकारले १,२०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्ने निर्णय गरिसकेको छ।
यसका लागि गोरखा र धादिङका २७ गाविसका करिब ५३,००० रोपनी जमिन अधिग्रहण गरी ४३ अर्बभन्दा बढी रकम मुआब्जा वितरण भइसकेको छ भने विस्तृत सर्वेक्षणमा समेत अर्बौँ खर्च भइसकेको छ।
नेता पाण्डेले बुढीगण्डकी केवल विद्युत् उत्पादन गर्ने आयोजना मात्र नभई एक बहुउद्देश्यीय गौरवको योजना भएको स्पष्ट पारेका छन् । आयोजना निर्माण हुँदा कम्तीमा ४२ कि.मि. लामो विशाल जलाशय बन्ने र जल यातायात सञ्चालन गर्न सकिने, मत्स्यपालन, जलविहार र आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन हुने, जलाशयको किनारामा झन्डै ३०० कि.मि.को रिङ्गरोड बन्ने र वरपर पर्यटकीय होटल तथा रिसोर्टहरू खुल्ने भएकाले त्यसमा ध्यान दिन पाण्डेले आग्रह गरेका छन् ।
धादिङ क्षेत्र नं. १ का पूर्व सांसद समेत रहेका पाण्डेले काठमाडौँ र सिउरेनीटारमा फिल्ड कार्यालय समेत सञ्चालनमा रहेको अवस्थामा आयोजनालाई ओझेलमा पार्ने प्रयास नगर्न सचेत गराएका छन्।
उनले अर्थमन्त्री वाग्लेलाई निराशाजनक अभिव्यक्ति बन्द गरी बुढीगण्डकी निर्माणका लागि आवश्यक रकम जुटाउने उपायतर्फ लाग्न दरिलो सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण