सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अनफोल्डेड

कुन हो मध्यम वर्ग ? सरकारले किन राख्यो प्राथमिकतामा ?

सोमबार, ११ जेठ २०८३, १७ : ३०
सोमबार, ११ जेठ २०८३

काठमाडौँ । मध्यम वर्ग समाजको यस्तो आर्थिक-सामाजिक वर्ग हो, जो न धेरै धनी छ, न त धेरै गरिब । यो वर्गसँग बाँच्नका लागि आधारभूत आवश्यकता पूरा गर्ने सकस पनि हुँदैन भने विलासिताका वस्तु उपभोग गर्ने अथाह पैसा पनि हुँदैन । यो समाजको सन्तुलित र सबैभन्दा ठुलो हिस्सा भएको वर्ग हो ।

नयाँ सरकारले मध्यम वर्गलाई निकै प्राथमिकता दिएको देखिन्छ । यसअघि सरकारको मुख्य प्राथमिकतामा नअटाउने यो वर्गलाई बालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रयास गरेको छ । यसमा उल्लेख गरिएको ‘मध्यम वर्ग’को विस्तार भन्ने शब्दलाई निकै चासोका साथ हेरिएको छ । 

खासमा मध्यम वर्ग के हो ? बालेन सरकारले यो वर्गलाई किन प्राथमिकतामा राख्न खोज्दैछ ? मध्यम वर्गको विस्तार भनेको के हो ? 

विस्तृत भिडियोमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप