लागूऔषधसहित ३ जना पक्राउ
सारांश
- कास्की र सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
- पोखराबाट लागूऔषध ट्याब्लेट, नगद र मोबाइलसहित सुनिल तुलाधार पक्राउ परेका छन् ।
- धरानबाट लागूऔषध ट्याब्लेटसहित निश्चल लिम्बु र शुक्रराज तामाङ पक्राउ परेका छन् ।
काठमाडौँ । विभिन्न जिल्लामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । कास्की र सुनसरीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका हुन् ।
कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै,सुनसरीको धरान उपमहानगरपालिका–२ भानु चोकबाट लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय शुक्रराज तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को–३६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण