शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम
कास्की । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ ।
पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरेका थिए ।
शिक्षकरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनका लागि तालिम दिइएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए । शिक्षकहरूको क्षमता विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले सिक्ने कुरामा उमेर बाधक नबन्ने बताए ।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाइ अनिवार्य रहेको जनाउँदै गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरिएको जानकारी गराए । शिक्षक अब प्रविधिमैत्री नबनेका अवस्थामा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण