सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भलिबल खेलाडी पुनम चन्दलाई सम्पर्कमा आउन प्रहरीको निर्देशन

मङ्गलबार, १२ जेठ २०८३, १२ : ०५
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
  • प्रहरी जवान चन्द २०८२ चैत १५ देखि कार्यालयमा गैरहाजिर छिन् र अस्ट्रेलियाको सिड्नी क्लबबाट खेलिरहेकी छन् ।
  • प्रहरी प्रधान कार्यालयले जेठ ११ मा सूचना जारी गरेर गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौँ । राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई सम्पर्कमा आउने प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन् निर्देशन दिएको हो । 

प्रहरी जवान चन्द २०८२ चैत १५ देखि कार्यालयमा गैरहाजिर छिन् । राष्ट्रिय भलिबल टिमकी सदस्यसमेत रहकी चन्द अस्ट्रेलिया गएको उनका सहकर्मीहरू बताउँछन् । अहिले उनी अस्ट्रेलिया स्थित सिड्नी क्लबबाट खेलिरहेकी छन् । 

प्रहरी प्रधान कार्यालयले जेठ ११ मा सूचना जारी गरेर पुनम लगायत गैरहाजिर रहेको प्रहरी कर्मचारीहरूलाई गैर हाजिर रहनुको कारण खुलाई सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी नियमावली २०७१ अनुसार चन्द लगायत गैर हाजिर भएकाहरू प्रहरी कर्मचारीहरूको ठेगानामा यसअघि नै सूचना टाँस गरिएको थियो । हाल नेपाली महिला टोलीले घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ । तर, पुनम कोर्टमा उपस्थित छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप