सार्वजनिक कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्न श्रम संस्कृति पार्टीको सर्कुलर
मङ्गलबार, १२ जेठ २०८३, २० : १५
काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
पार्टीको कोशी प्रदेश (प्रदेश नं. १) कार्यसमितिले जेठ ११ गते जारी गरेको सर्कुलरमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा सञ्चालन हुने कार्यक्रमका व्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको हो।
प्रदेश समिति अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षर रहेको सर्कुलरमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्यरूपमा प्रयोग गर्नु गराउनु पर्ने’ उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण