गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु
काठमाडाैँ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबिच अक्टोबर १० देखि लागू भएको युद्धविरामकाबिच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो।
हमासअन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ कि पूर्वी अल–मघाजी क्षेत्रमा नागरिकहरूको समूहलाई लक्षित गर्दै गरिएको इजरायली ड्रोन आक्रमणपछि ५ जनाको शव र केही घाइतेलाई अस्पताल लगिएको थियो।
अल–अक्सा शहीद अस्पताल तथा एक प्यालेस्टिनी सुरक्षा स्रोतले पनि घटनाको पुष्टि गरेका छन्। इजरायली सेनाले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान केही सशस्त्र व्यक्ति अल–मघाजी शरणार्थी शिविरमा प्रवेश गरी एउटा घरमा जबर्जस्ती पसेका थिए। त्यसपछि स्थानीय बासिन्दाले ढुंगा र लाठी प्रयोग गरेर उनीहरूको विरोध गरेका थिए। सोही क्रममा इजरायली ड्रोनले आक्रमण गर्दा ५ स्थानीय बासिन्दाको मृत्यु भएको बताइएको छ।
ती सशस्त्र व्यक्तिहरू त्यसपछि इजरायली नियन्त्रणमा रहेको पूर्वी सीमाक्षेत्रतर्फ भागेको स्रोतले जनाएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन। यद्यपि हालका दिनहरूमा हमासविरोधी तथा इजरायल समर्थित भनिएका सशस्त्र समूह र स्थानीय बासिन्दाबिच यस्तै झडपका घटनाहरू दोहोरिँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण