शास्त्रीय नृत्य भरतनाट्यमको अपमान गरेको भन्दै अनन्या पाण्डेको आलोचना
सारांश
- अभिनेत्री अनन्या पाण्डेको नयाँ फिल्म 'चान्द मेरा दिल' को भरतनाट्यम र कन्टम्परेरी मिक्स फ्युजन डान्स सिन सामाजिक सञ्जालमा विवादित बनेको छ।
- कांग्रेस प्रवक्ता शमा मोहम्मद र नृत्याङ्गना अनिता रत्नमसहित धेरैले यस डान्स सिनको आलोचना गर्दै भरतनाट्यमको अपमान भएको बताएका छन्।
- यस विवादमा फिल्मकी असिस्टेन्ट कोरियोग्राफरले अनन्याको मिहिनेतको प्रशंसा गर्दै बचाउ गरेकी छिन्।
मुम्बई । बलिउड अभिनेत्री अनन्या पाण्डेको नयाँ फिल्म ‘चान्द मेरा दिल’ को एउटा डान्स सिनलाई लिएर नयाँ विवाद सुरु भएको छ। फिल्ममा समावेश गरिएको उनको भरतनाट्यम र कन्टम्परेरी मिक्स फ्युजन डान्स सिक्वेन्सको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको हो।
भारतीय कांग्रेसकी प्रवक्ता शमा मोहम्मद र प्रख्यात शास्त्रीय नृत्याङ्गना अनिता रत्नमसहित थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस डान्स सिनप्रति कडा आपत्ति र आक्रोश व्यक्त गरेका छन्। कांग्रेस प्रवक्ता शमा मोहम्मदले अनन्याले आफ्नो मनपर्ने डान्स फर्मलाई बिगारेको आरोप लगाएकी छिन् भने अर्कातर्फ फिल्मकी असिस्टेन्ट कोरियोग्राफरले अनन्याको बचाउ गर्दै उनको कडा मिहिनेतको प्रशंसा गरेकी छिन्।
विवेक सोनीको निर्देशनमा बनेको कलेज रोमान्स ड्रामा फिल्म ‘चान्द मेरा दिल’ मे २२ मा सिनेमाघरहरूमा रिलिज भएको हो। यस फिल्ममा अनन्या पाण्डेको अपोजिटमा अभिनेता लक्ष्य मुख्य भूमिकामा देखिँदै छन्।
फिल्म रिलिज भएदेखि नै यसको एउटा डान्स सिनको क्लिप एक्स र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भाइरल दृश्यमा अनन्याको पात्रले शास्त्रीय नृत्य भरतनाट्यम र आधुनिक डान्स स्टेप्सको फ्युजन प्रस्तुत गरेको देखिन्छ। सोही प्रस्तुतिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनन्या पाण्डेलाई नराम्रोसँग ट्रोल गरिरहेका छन्।
यस डान्स सिनलाई लिएर राजनीति र कला क्षेत्रबाट पनि प्रतिक्रियाहरू आएका छन्। कांग्रेस प्रवक्ता शमा मोहम्मदले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै अनन्या पाण्डेले आफ्नो मनपर्ने डान्स फर्म भरतनाट्यमको धज्जी उडाएको टिप्पणी गरेकी छिन्। बाल्यकालदेखि नै भरतनाट्यम सिकिसकेकी शमाले अगाडि लेखेकी छिन्, ‘यो शास्त्रीय नृत्य सिक्न लामो समय लाग्छ, यसलाई कसैका लागि तुरुन्तै तयार पार्न सकिँदैन। कृपया भरतनाट्यम जस्तो सुन्दर कलाको अपमान नगर्नुहोस्।’
यसका साथै चर्चित शास्त्रीय नृत्याङ्गना अनिता रत्नमले पनि यस विषयमा टिप्पणी गर्दै यो प्रस्तुति हेर्दा भरतनाट्यमलाई कसैले बन्धक बनाएको जस्तो अनुभूति हुने बताएकी छिन्।
यस विवादका बिच फिल्म टोलीको तर्फबाट अहिलेसम्म अभिनेत्री अनन्या पाण्डे वा निर्देशक विवेक सोनीको कुनै आधिकारिक बयान बाहिर आएको छैन। तर, फिल्मकी असिस्टेन्ट कोरियोग्राफर अनन्या कुरुपले भने अभिनेत्रीको बचाउ गर्दै सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेकी छिन्।
उनले फिल्मको बिहाइन्ड द सिन (बीटीएस) भिडियो र क्रेडिट रोलको स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘अनन्या पाण्डेसँग काम गर्ने अनुभव निकै राम्रो रह्यो। उनले भरतनाट्यम सिक्नका लागि कडा मिहिनेत गरेकी छिन् र फिल्म चान्द मेरा दिल मा उत्कृष्ट प्रस्तुति दिएकी छिन्।’
त्यस्तै अनन्याका थुप्रै प्रशंसकहरूले पनि यो कुनै परम्परागत नृत्य नभएर केवल एउटा फ्युजन मात्र भएको भन्दै अभिनेत्रीको समर्थन गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण