रमण कन्स्ट्रक्सनसहित १४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
बुधबार, १३ जेठ २०८३, ११ : ०९
सारांश
- सम्झौता अनुसार काम नगर्ने र ठेक्का अलपत्र पार्ने १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सरकारले कालोसूचीमा राखेको छ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै ती कम्पनीहरूलाई निश्चित अवधिसम्मका लागि कालोसूचीमा राखिएको जनाएको हो।
- कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रिया वा ठेक्कापट्टामा भाग लिन पाउने छैनन्।
काठमाडौँ । सम्झौता अनुसार काम नगर्ने र ठेक्का अलपत्र पार्ने १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सरकारले कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई निश्चित अवधिसम्मका लागि कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालयको जेठ १२ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो कारबाही गरिएको सूचनामा उल्लेख छ। कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रिया वा ठेक्कापट्टामा भाग लिन पाउने छैनन्।
कारबाहीमा पर्नेमा रमण कन्स्ट्रक्सन प्रा.लि. र भारतको पटेल इन्जिनियरिङ लिमिटेडलगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण