शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने

बुधबार, १३ जेठ २०८३, १२ : २३
बुधबार, १३ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् ।
  • उनले स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन मुद्दामा तारेख बुझेको अदालतले जनाएको छ ।
  • लामिछानेलाई यस मुद्दामा ६० लाख धरौटीमा रिहा गरिएको थियो र अर्को तारेख असार ११ गते तोकिएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । 

लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । 

अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप