बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया र दुग्ध किसान मर्कामा
सारांश
- इलामका चिया र दुग्ध किसान बजारीकरण र भुक्तानीको अभावमा समस्यामा परेका छन् ।
- १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँ दुग्ध मिठाई उद्योग सञ्चालनमा रहे पनि उचित बजारीकरणको अभाव छ ।
- दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई साढे तीन महिनादेखिको करिब ५० करोड रुपैयाँ भुक्तानी रोकेको छ ।
इलाम । इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले सरकारको ध्यानाकर्षण गराएका छन् ।
उद्योगहरूको सङ्ख्या उल्लेख्य भए पनि किसान र उद्यमीले उत्पादनको तुलनात्मक प्रतिफल पाउन नसकेको उनले बताएका हुन् । इलामको औद्योगिक अवस्थाबारे जानकारी दिँदै सचेतक राईले त्यहाँ १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा रहेको उल्लेख गरे ।
यति ठुलो सङ्ख्यामा उद्योगहरू भए पनि उत्पादित वस्तुको उचित व्यवस्थापन र बजार प्रवर्द्धन हुन नसक्दा किसान मर्कामा परेका छन् । विशेष गरी दुग्ध क्षेत्रमा देखिएको समस्याबारे बोल्दै उनले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाए ।
उनले भने, ‘डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखिको भुक्तानी पाएका छैनन् । अहिले किसानले झन्डै ५० करोड रुपैयाँ पाउन बाँकी छ ।’
लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यावसायिक चक्र नै प्रभावित भएको उनको भनाइ छ । भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत धौ–धौ परेको राईले बताए ।
उचित बजारीकरणको सुनिश्चितता र रोकिएको रकम तत्काल उपलब्ध गराई किसानको समस्या समाधान गर्न उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण