जुन संस्थाले प्रधानमन्त्री बनायो, त्यहीलाई उपेक्षा गर्नु लाजमर्दो विषय : सांसद पन्त
सारांश
- नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन्।
- उनले जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनुत्तरदायी हुनु लाजमर्दो विषय भएको बताइन्।
- सांसद पन्तले सबै राजनीतिक दलहरूसँग संवादमार्फत नागरिकका समस्या हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।
जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनुत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ। उनले सरकार संसद्प्रति जिम्मेवार हुने विषयमा सत्तारूढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुन जरुरी रहेको बताइन्। सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्तिभन्दा पनि प्रधानमन्त्री संस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै संसद्प्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्यो भने संसद्को अवस्था के हुन्छ ? यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसद्प्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’
उनले सबै राजनीतिक दलहरूसँग संवादमार्फत नागरिकका समस्या हल गर्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण