आन्तरिक जानकारी प्रयोग गरेर सट्टेबाजी गरेको आरोपमा गुगलका कर्मचारीमाथि मुद्दा दायर
सारांश
- गुगलका इन्जिनियर मिशेल स्पाग्नुओलोलाई कम्पनीको गोप्य आन्तरिक जानकारी प्रयोग गरी अनलाइन बेटिङ प्लेटफर्ममा करिब १२ लाख अमेरिकी डलर जितेको आरोपमा पक्राउ गरिएको छ ।
- अभियोजन पक्षका अनुसार स्पाग्नुओलोले गुगलमा आफ्नो पहुँचको दुरुपयोग गरी पोलीमार्केटमा सट्टेबाजी गरेका थिए, जसलाई कम्पनीले आफ्नो नीतिको गम्भीर उल्लङ्घन मानेको छ ।
- अनुसन्धानका क्रममा एफबीआईले स्पान्युयोले 'अल्फाराकुन' नामको खाताबाट कारोबार गरेको र इटालियन परिचयपत्र प्रयोग गरी खोलिएको खाता फेला पारेर उनका विभिन्न खातासँग जोडिएको पत्ता लगाएको छ ।
क्यालिफोर्निया । अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका एक जना इन्जिनियरलाई कम्पनीको गोप्य आन्तरिक जानकारी प्रयोग गरेर अनलाइन बेटिङ प्लेटफर्ममा ठुलो रकम जितेको आरोपमा पक्राउ गरिएको छ । अमेरिकाको साउदर्न डिष्ट्रिक्स अफ न्यूयोर्कका अभियोजकले इटालियन नागरिक मिशेल स्पाग्नुओलोविरुद्ध इनसाइडर ट्रेडिङसम्बन्धी कानुन उल्लंघनको अभियोग लगाएको जनाएको छ । उनी स्विट्जरल्यान्डमा बसोबास गर्दै आएका थिए तर बुधबार उनलाई पक्राउ गरी न्यूयोर्कको संघीय अदालतमा पेश गरिएको हो ।
अभियोजन पक्षका अनुसार स्पाग्न्युओलोले गुगलमा आफ्नो काममार्फत पहुँच पाएको गोप्य मार्केटिङ तथा आन्तरिक जानकारी प्रयोग गरेर पोलीमार्केटमा सट्टेबाजी गरेका थिए । ती सट्टेबाजीहरूबाट उनले करिब १२ लाख अमेरिकी डलर जितेको आरोप छ । कम्पनीले अनुसन्धानमा कानुन प्रवर्तन निकायसँग सहकार्य गरिरहेको र ती कर्मचारीलाई निलम्बनमा राखिएको गुगलकी प्रवक्ताले बताइन् । उनका अनुसार प्रयोग गरिएको आन्तरिक जानकारी सबै कर्मचारीले पहुँच गर्न सक्ने टुलमार्फत लिइएको भए पनि त्यसलाई गोप्य रूपमा सट्टेबाजीमा प्रयोग गर्नु कम्पनी नीतिको गम्भीर उल्लङ्घन हो ।
पोलीमार्केटका प्रवक्ताले पनि अनुसन्धानमा अधिकारीहरूसँग पूर्ण सहकार्य गरिएको बताएका छन् । ‘ब्लकचेन ट्रेडिङ पारदर्शी र ट्रेस गर्न मिल्ने हुन्छ, र गलत काम गर्नेहरूले आफ्नो छाप छोड्छन्,’ उनले भने । ब्लकचेन क्रिप्टोकरेन्सीसँग सम्बन्धित डिजिटल लेजर प्रणाली हो, जुन पोलीमार्केटमा प्रयोग हुने मुख्य भुक्तानी माध्यम हो । अमेरिकी अभियोजक कार्यालयले एफबीआईसँग मिलेर उनलाई पक्राउ गरेको हो । स्पाग्नुओलोलाई २२ लाख ५० हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको एबीसी न्युजले जनाएको छ । अनुसन्धान अनुसार स्पान्युयोले ‘अल्फाराकुन’ नामको खाताबाट कारोबार गरेका थिए । एफबीआईले इटालियन परिचयपत्र प्रयोग गरी खोलिएको एउटा खाता फेला पारेर उनका विभिन्न खातासँग जोडिएको बताएको छ ।
स्पान्युयोलोले गुगलमा १२ वर्षभन्दा बढी समय इन्फर्मेसन सेक्युरिटी इन्जिनियरका रूपमा काम गरेका थिए । उनले सन् २०२४ मा पोलीमार्केट प्रयोग गर्न थालेका थिए । अभियोजन पक्षका अनुसार उनले गत वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म गुगलसम्बन्धी विषयमा करिब २७ लाख डलर बराबरको बाजी राखेका थिए । आन्तरिक जानकारी प्रयोग गरेर उनले १० लाख डलरभन्दा बढी नाफा कमाएको दाबी गरिएको छ ।
अदालतका कागजातअनुसार उनका सबैभन्दा ठुलो नाफामध्ये एक सही भविष्यवाणीसन २०२५ मा गुगलमा सबैभन्दा धेरै खोजिने व्यक्ति को हुने भन्ने थियो । उनले केही नामहरू, जस्तै बियान्का सेन्सोरी र डोनाल्ड ट्रम्प जस्ता नाममा बाजी थिए । साथै उनले गायक डी४भीडी शीर्ष स्थानमा आउने अनुमान गरेका थिए । अदालतका कागजातअनुसार उनले नोभेम्बरमा उक्त बाजी लगाउँदा डी४भीडी गुगलको सबैभन्दा खोजिएको व्यक्ति बनिसकेको जानकारी उनलाई पहिले नै उपलब्ध आन्तरिक डाटाबाट थाहा थियो । हाल डी४भीडी एक किशोरीको हत्या आरोपमा जेलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण