वैज्ञानिकहरूले फेला पारे हातको पञ्जामा अटाउने निलो अक्टोपस
सारांश
- वैज्ञानिकहरूले इक्वेडोर नजिक रहेको गालापागोस टापु क्षेत्रमा हातको पञ्जामा अटाउने सानो नीलो अक्टोपसको नयाँ प्रजाति पत्ता लगाएका छन् ।
- माइक्रोइलेडोन ग्यालापेजेन्सिस नाम दिइएको यो अक्टोपस सन् २०१५ मा ५,८०० फिट गहिराइमा रोबोटिक वाहनले रेकर्ड गरेको थियो ।
- प्रशासनिक र प्राविधिक कारणले ढिलो भएको अध्ययन पछि सीटी स्क्यान प्रविधि प्रयोग गरी यसको थ्रीडी मोडेल तयार पारिएको छ ।
वासिङटन डीसी । वैज्ञानिकहरूले इक्वेडोर नजिक रहेको गालापागोस टापु क्षेत्रमा एउटा सानो अक्टोपसको प्रजाति पत्ता लगाएका छन् । यो प्राणी अत्यन्त सानो, नीलो र ठुला आँखासहितको देखिन्छ ।
जुन मानिसको हातको हत्केलामा सजिलै अट्न सक्छ । यो नयाँ प्रजातिलाई माइक्रोइलेडोन ग्यालापेजेन्सिस नाम दिइएको छ ।
सन् २०१५ मा समुद्रको सतहभन्दा करिब ५,८०० फिट गहिराइमा चलाइएको रिमोटली अपरेटेड अन्डरवाटर रोबोटले समुद्री तलछटमा यो सानो नीलो जीवको गतिविधि रेकर्ड गरेको थियो ।
अनुसन्धान टोलीका सदस्यहरूले यसलाई नरम खेलौनाजस्तै देखिने बताएका थिए । भिडियोमा एक सदस्यले ‘कति प्यारा सानो जीव’ भनेर आश्चर्य व्यक्त गरेको सुनिन्छ ।
अनुसन्धान प्रक्रिया किन ढिलो भयो ?
यो अनुसन्धान प्रक्रिया विभिन्न प्रशासनिक र प्राविधिक कारणले लामो समयसम्म रोकिएको थियो । उक्त जीव पोथी अक्टोपस भएको बताइएको छ । यसलाई पछि वैज्ञानिक अध्ययनका लागि सुरक्षित राखिएको थियो ।
यसलाई सन् २०२२ मा मात्र अमेरिकास्थित फिल्ड म्युजियममा पुर्याइयो । अक्टोपस फर्माल्डिहाइडमा संरक्षित गरेर राखिएको र अत्यन्त नाजुक अवस्थामा भएकोले अध्ययन गर्दा सुरुमा अत्यधिक सावधानी अपनाइएको थियो ।
पछि अनुसन्धानकर्ताहरूले अत्याधुनिक सीटी स्क्यान प्रविधि प्रयोग गरे । हजारौँ एक्सरे छविहरू मिलाएर उक्त अक्टोपसको थ्रीडी मोडेल तयार पारे । यसले वैज्ञानिकहरूलाई यसको शरीर संरचना र विकासक्रम निर्धारण गर्न सहयोग गर्यो ।
अनुसन्धानका अनुसार यो प्रजाति पहिले कुनै पनि ज्ञात अक्टोपस प्रजातिसँग मेल नखाने नयाँ वर्गमा रहेको छ । यो खोज समुद्री जैविक विविधता बुझ्नका लागि महत्वपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण