मेक्सिकोमा विदेशी हस्तक्षेप भए चुनाव परिणाम रद्द गर्ने मन्जुरी
सारांश
- मेक्सिकोको तल्लो सदनले विदेशी हस्तक्षेप भए निर्वाचन परिणाम रद्द गर्न सकिने संवैधानिक संशोधन प्रस्ताव पारित गरेको छ ।
- यस प्रस्तावित सुधारमा अवैध वित्तीय सहयोग, प्रचार, गलत सूचना फैलाउने, डिजिटल हेरफेर तथा विदेशी सरकार वा निकायको हस्तक्षेपलाई विदेशी हस्तक्षेपको रूपमा परिभाषित गरिएको छ ।
- विपक्षी दलहरूले सरकारले विदेशी हस्तक्षेपको खतरा अतिरञ्जित गरेर सुधारलाई जायज ठहर गर्न खोजेको आरोप लगाएका छन् ।
मेक्सिको सिटी । मेक्सिकोको तल्लो सदनले विदेशी हस्तक्षेप भएको अवस्थामा निर्वाचन परिणाम रद्द गर्न सकिने संवैधानिक संशोधन प्रस्ताव पारित गरेको छ । यसले निर्वाचन प्रक्रियामाथिको विश्वास कमजोर पार्न सक्ने र वैध चुनाव परिणामसमेत चुनौती दिन नयाँ बाटो खोल्न सक्ने आलोचकहरूले बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाबाट उक्त प्रस्ताव ३०७ मत पक्षमा, १२८ मत विपक्षमा र एक मत तटस्थ रहँदै पारित भएको हो । यो संशोधन लागू भए विदेशी हस्तक्षेपलाई निर्वाचन रद्द गर्ने कानुनी आधारको सूचीमा समावेश गरिनेछ । तर प्रभावमा आउनुअघि यसलाई सिनेटबाट पनि अनुमोदन हुन आवश्यक छ ।
प्रस्तावित सुधारमा अवैध वित्तीय सहयोग, प्रचार, योजनाबद्ध रूपमा गलत सूचना फैलाउने कार्य, डिजिटल हेरफेर तथा विदेशी सरकार वा निकायको हस्तक्षेपलाई विदेशी हस्तक्षेपको रूपमा परिभाषित गरिएको छ । यसले जनमत प्रभावित पार्ने उद्देश्यले गरिने राजनीतिक, आर्थिक, कूटनीतिक वा सञ्चारमाध्यममार्फत दबाबलाई पनि समेटेको छ ।
सत्तारूढ मोरेना पार्टीका तल्लो सदनका नेता रिकार्डाे मोनरियलले यो कदम मेक्सिकोको लोकतन्त्र जोगाउन आवश्यक भएको बताएका छन् । उनका अनुसार विदेशी शक्तिहरूले चुनावी परिणाम प्रभावित गर्न नपाओस् भन्ने सुनिश्चित गर्न बलियो संवैधानिक सुरक्षा आवश्यक छ ।
तर विपक्षी दलहरूले सरकारले विदेशी हस्तक्षेपको खतरा अतिरञ्जित गरेर सुधारलाई जायज ठहर गर्न खोजेको आरोप लगाएका छन् । यसैबिच मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोको राजनीतिमा विदेशी प्रभाव बढ्दै गएको चिन्ता व्यक्त गरेकी छिन् । उनले हालै विदेशी राजनीतिज्ञहरूको टिप्पणी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिलाई बाह्य दबाबको उदाहरणका रूपमा उल्लेख गरिन् ।
शेनबाउमले मेक्सिकोमा स्थानीय उम्मेदवार तथा संस्थाहरूले विगतमा विदेशी वित्तीय सहयोग प्राप्त गरेको समेत बताइन् । विपक्षी नेशनल एक्सन पार्टी (प्यान) का नेता जोस एलियास लिक्साले भने संशोधनको विरोध गर्नु विदेशी हस्तक्षेपको समर्थन गर्नु नभएको स्पष्ट पारे ।
चुनाव रद्द गर्ने प्रावधानको विरोध गर्नु भनेको सङ्गठित अपराधविरुद्ध लड्न नचाहनु जस्तै नभएको प्रतिक्रिया उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण