घरघरमा राहदानी पुर्याउने कार्यको थालनी
चितवन । जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पुर्याउन सुरु गरेको छ।
हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले राससलाई जानकारी दिए।
पहिले चिठीपत्र पुर्याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पुर्याउनमा लागिपरेको छ।
सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्याउन थालिएको हो।
हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ।
भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन्।
जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण