तस्बिरमा हेर्नुहोस् तोप चराको इन्जिनियरिङ
सारांश
- इन्जिनियर चराको उपमा पाएका तोप चराहरू अहिले आफ्नो गुँड बनाउन निकै व्यस्त छन् ।
- तोप चराको मुख्य आहार धान र गेडागुडी हो, र भालेले पोथीलाई मन पर्ने कलात्मक गुँड बनाउँछ ।
- सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ र नेपालमा अति सङ्कटापन्न सूचीमा रहेको छ ।
काठमाडौँ । इन्जिनियर चराको उपमा पाएका तोप चराहरू अहिले आफ्नो गुँड बनाउन निकै व्यस्त छन् । ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिएको यो चरा बसाइसराइ गर्दा उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ ।
मुख्यतः तराईलाई आफ्नो वासस्थान बनाएका यी चराहरू जेठ लागेपछि उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ । तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।
काठमाडौँ उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन ।
_3tCXqAe9cU.jpg)
भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् । खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुन्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन । जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।
_Km119WHuLj.jpg)
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमा मात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।
_hyYD2MTErx.jpg)
सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा करिब २०० को हाराहारीमा सुनौलो तोप चरा रहेको अनुमान छ । नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी चार प्रजातिका तोप चरा पाइने गरेको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमा मात्रै पाइन्छ ।
_zJyxuhfKPF.jpg)
_zLicT6ObwB.jpg)
_UrYxIk7cY8.jpg)
_nfEA1hXclZ.jpg)
_XdS7pSvsWp.jpg)
_hRUpY3lm2w.jpg)
_uP0Jjy2k8w.jpg)
_21NTasVXXz.jpg)
_G3rXynicU9.jpg)
_WG0nnaw5Zb.jpg)
_FCOslySI6J.jpg)
_kJ5SaewdPk.jpg)
_yHauH0jxTI.jpg)
_Vk0pasMg4S.jpg)
_1pAbOLWlAJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण