तरुण दलले भन्यो— कार्यकारी नै सार्वभौमिकताको बोझ नबनोस्
काठमाडौँ । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष मनिष कोइरालाले एक विज्ञप्ति जारी गर्दै आधुनिक नेपालको इतिहासमै दुर्लभ जनसमर्थनका साथ निर्वाचित सरकारका कार्यकारी प्रमुखबाट संसद्मा अपेक्षित स्तरको परिपक्व र तथ्यपरक प्रस्तुति हुन नसकेको टिप्पणी गरेको छन् ।
आइतबारकाे संसद् बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतकाे सीमा मिचेकाे अभिव्यक्ति दिएका थिए।
प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्रीको नियमित उपस्थितिको माग गरिरहेको अवस्थामा “प्रधानमन्त्रीसँग प्रश्नोत्तर” कार्यक्रममा उनको प्रस्तुति अप्रत्याशित र निराशाजनक रहेको उल्लेख गरिएको छ ।
दलले संसद्को रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई अपरिपक्व, असंवेदनशील र राष्ट्रिय हित विपरीत रहेको दाबी गरेको छ ।
विज्ञप्तिमा राष्ट्रियता, सीमाना तथा सार्वभौमिकतासँग सम्बन्धित विषय अत्यन्त संवेदनशील भएकाले यस्ता विषयमा सरकार तथ्य, प्रमाण र कूटनीतिक मर्यादाका आधारमा प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ । साथै नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दाहरूमा पनि सरकार जिम्मेवार, स्पष्ट र रचनात्मक ढङ्गले अघि बढ्नुपर्ने तरुण दलको भनाइ छ ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक र सम्मानजनक पहिचान निर्माण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, युवा, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध हुन तरुण दलले आह्वान गरेको छ।
_KtrVZLCMjh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण