शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यास ‘एक्स प्रगति’ मा नेपाली सेनाको सहभागिता

आइतबार, १७ जेठ २०८३, २२ : ०१
आइतबार, १७ जेठ २०८३

काठमाडौँ । भारत र नेपालबिचको दीर्घकालीन रक्षा साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाको ३८ सदस्यीय टोलीले बहुराष्ट्रिय सैन्य अभ्यासमा सहभागिता जनाएको छ ।

भारतीय सेनाद्वारा उमरोइस्थित एफटीएनमा  १८ देखि ३१ सम्म सञ्चालन गरिएको बहुराष्ट्रिय छिमेकी सैन्य फिल्ड ट्रेनिङ अभ्यास ‘एक्स प्रगति’ को पहिलो संस्करणमा नेपाली सेनाको टोली सहभागी भएको हो ।

711309739_1422361716595532_2182696165395054505_n

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार यस सैन्य अभ्यासमा नेपालसहित ११ वटा मित्रराष्ट्रका सेनाहरूको सहभागिता रहेको थियो ।

711329422_1422361673262203_724339063388216844_n

अभ्यासको प्रमाणीकरण चरण र समापन समारोहमा भाग लिन नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसीको नेतृत्वमा तीन सदस्यीय पर्यवेक्षक प्रतिनिधिमण्डल समेत उमरोइ पुगेको थियो । उक्त टोलीले मे २८ देखि ३१ सम्म आयोजना गरिएका विभिन्न समापन कार्यक्रमहरूमा अवलोकनकर्ताका रूपमा सहभागिता जनाएको हो ।

710478729_1422361616595542_3091771071665326933_n

यस बहुराष्ट्रिय अभ्यासले सहभागी राष्ट्रहरूका सेनाबिच सामूहिक क्षमताको विकास गर्नुका साथै आपसी सञ्चालन समन्वय र पारस्परिक विश्वासलाई बढावा दिएको छ । मित्रराष्ट्रहरूसँगको सैन्य सम्बन्धलाई तल्लो तहसम्म अझ प्रगाढ बनाउन र सैन्य सञ्चालनमा आपसी सहयोग अभिवृद्धि गर्न यो अभ्यास कोसेढुङ्गा साबित भएको दूतावासले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप