आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल हुने

आइतबार, १७ जेठ २०८३, २२ : २६
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु हुने भएको छ।
  • सभामुख डोलप्रसाद अर्यालले सोमबार, मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्।
  • अर्थमन्त्री डाक्टर वाग्लेले वैशाख १५ गते आर्थिक वर्ष २०८३/८४ को आयव्यय विवरण बजेट सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेका थिए।

काठमाडौँ । प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने समय तय गरेका छन्। 

अर्थमन्त्री डाक्टर वाग्लेले वैशाख १५ गते आर्थिक वर्ष २०८३/८४ को आयव्यय विवरण बजेट सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेका थिए। 

बजेटमाथि छलफल गर्नका लागि सभामुख अर्यालले सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप