पटक–पटकको अवरोधबिच कार्यसूची सम्पन्न, अर्काे बैठक भाेलि बस्ने
सारांश
- प्रतिपक्षी दलहरूको चर्को विरोध र अवरोधबिच प्रतिनिधिसभाबाट मतदाता नामावली पहिलो संशोधन विधेयक बहुमतले स्वीकृत भएको छ ।
- सभामुख अग्नि सापकोटाले वेल घेराउ र नाराबाजीका बाबजुद विधेयक पारित गराएका हुन् ।
- प्रधानमन्त्रीको विषयलाई लिएर सुरु भएको विवादले बैठकभरि अवरोध कायम रह्यो ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको चर्को विरोध र अवरोधबिच सम्पन्न भएको छ ।
दिनभर चार पटक बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिचको विवादले सदन पटक–पटक प्रभावित बनेको थियो ।
सभामुख डीपी अर्यालले बैठक सञ्चालन गरिरहँदा प्रतिपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । सुरक्षाका लागि तैनाथ मर्यादापालकहरूले सभामुखलाई घेरा हालेर सुरक्षा दिएका थिए । विपक्षीको चर्को अवरोध र विरोधका बाबजुद पनि सभामुख अर्यालले ‘मतदाता नामावली पहिलो संशोधन विधेयक’ बहुमतले स्वीकृत भएको घोषणा गरे ।
विधेयक पारित गर्ने बेलामा विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बेल घेराउ गरेका थिए । तथापि सभामुख अर्यालले जोडबलमा विधेयक पारित गरेका हुन् । अब यो विधेयक सभामुख अर्यालले प्रमाणित गरेपछि राष्ट्रपति कहाँ प्रमाणिकरणका लागि पठाइनेछ ।
आज बैठकको सुरुवातमै प्रधानमन्त्री बालेन्द्र शाहको विषयलाई लिएर सांसदहरूबिच चर्को वादविवाद भएको थियो । उक्त विषयले सदनमा प्रवेश पाएसँगै माहोल तातिएको थियो ।
त्यसलगत्तै बसेको दोस्रो बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई लिएर विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए । अवरोधकै बिच तेस्रो बैठकमा सो नियमावली मस्यौदा भने बहुमतले पारित गरिएको छ ।
सभामुख अर्यालले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण