शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रविको भारत भ्रमण स्वीकृत, दिउँसो १ बजे नयाँ दिल्ली जाने

सोमबार, १८ जेठ २०८३, ११ : ५६
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सचिवालय बैठकबाट स्वीकृत भएको छ।
  • भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेटघाट गर्नेछन्।
  • पाँच दिने भ्रमणमा लामिछानेले उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिनेछन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।

बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनेछन् । बैठक महाधिवेशन केन्द्रित रहेको अन्य विषयमा कुनै छलफल नभएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् । 

‘सभापतिज्यूले भारत भ्रमणबारे जानकारी दिनुभयो । बैठकले भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धमा कुनै छलफल भएन । महाधिवेशन केन्द्रित छलफल भयो’, उनले भनिन् । 

प्रतिनिधिमण्डल दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने प्रवक्ता मनिष झाले जानकारी दिए । 

झाका अनुसार भाजपाका शीर्ष नेतृत्वसँग छलफल हुनेछ। यसबाहेक, अयोध्यामा व्यक्तिगत भ्रमणका साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टी शुभचिन्तकहरूसँग भेटघाट पनि समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप