बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग

सोमबार, १८ जेठ २०८३, १४ : ४६
सोमबार, १८ जेठ २०८३

सारांश

  • नेकपाले प्रधानमन्त्रीले भारतको भूमि मिचेको भन्ने भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन माग गरेको छ ।
  • नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभएर राष्ट्रहित विपरीतको भएको बताए ।
  • दुलालले लिपुलेक क्षेत्रको ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै गलत र भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन आग्रह गरे ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भ्रामक अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभएर राष्ट्रहित विपरीतको अभिव्यक्ति भएको बताए । 

‘सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलाई लिएर क्रस बोर्ड अकुपेन्सीको भनेर झुठलाई तोडमरोड गर्नु अर्को गल्ती हो’, दुलालको भनाइ छ । 

साथै उनले लिपुलेक क्षेत्रको ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै उनले कुनै तथ्याङ्कबिनै नेपालले भारतीय भूमि मिचेको कुनै तथ्याङ्क नभएको बताए । उनले गलत र भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन आग्रह पनि गरे ।

त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद चल्न नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप