बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशका विभिन्न भागमा परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।
- काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- कोशी, बागमती र लुम्बिनी प्रदेशका थुप्रै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको आज बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका थुप्रै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा मर्मत कार्य जारी रहेकाले बाटो करिब एक महिनासम्म बन्द रहने जनाइएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरोध देखिएको छ । पाँचथरको याङवरक गाउँपालिका-२ दोभान स्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
यद्यपि, केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित मध्य पहाडी लोकमार्ग वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सुचारु गरिएको छ ।
त्यसैगरी, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।
रोल्पामा पनि पहिरोले क्षति पुर्याएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ बाङ्गा स्थित घोराही(थवाङ सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् । वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण