स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
सारांश
- एलन मस्कको कम्पनी स्पेस एक्सले छिटै आईपीओ जारी गर्दैछ र यसअघि नै यसको मूल्याङ्कन १७ खर्ब ५० अर्ब डलर पुगेको दाबी गरिएको छ ।
- कम्पनीले प्रतिसेयर १३५ डलर मूल्य प्रस्ताव गरेको छ, जसअनुसार यस वर्षको सुरुवातको तुलनामा मूल्याङ्कनमा उल्लेखनीय वृद्धि भएको छ ।
- स्पेस एक्स जुन १२ देखि नास्डाकमा कारोबार सुरु गर्ने तयारीमा छ र यसले आईपीओ मार्फत ७५ अर्ब डलर उठाउने लक्ष्य राखेको छ ।
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सले छिटै प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्दैछ । आईपीओ अघि नै कम्पनीको मूल्याङ्कन १७ खर्ब ५० अर्ब डलर अमेरिकी डलर पुगेको दाबी कम्पनीले गरेको छ।
अमेरिकी सेयर नियामक सेकमा दर्ता गरिएको कागजातअनुसार कम्पनीले आफ्नो सेयरको प्रारम्भिक मूल्य प्रतिसेयर १३५ डलर प्रस्ताव गरेको छ। यही मूल्यका आधारमा स्पेस एक्सको कुल मूल्य करिब १७ खर्ब ५० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
यस वर्षको सुरुवातमा कम्पनीको मूल्याङ्कन करिब १२ खर्ब ५० अर्ब डलर रहेको थियो । नयाँ मूल्याङ्कन त्यसको तुलनामा उल्लेखनीय रूपमा बढी हो। यद्यपि, कम्पनीले प्रस्ताव गरेको मूल्यमा नै सेयर बिक्री हुने निश्चित छैन। अन्तिम मूल्य लगानीकर्ताहरूको माग र बजारको अवस्थाले निर्धारण गर्नेछ। त्यसैले सेयरको मूल्य बढ्ने वा घट्ने दुवै सम्भावना रहन्छ।
स्पेस एक्सले आफ्नो सार्वजनिक कारोबार सुरु हुनुभन्दा एक साताभन्दा बढी समयअघि नै अनुमानित सेयर मूल्य सार्वजनिक गरेको छ, जुन सेयर बजारको इतिहासमै असामान्य कदम मानिएको छ। सामान्यतया कम्पनीहरूले कारोबार सुरु हुनुभन्दा एक दिनअघि मात्र प्रारम्भिक मूल्य सार्वजनिक गर्ने गर्छन्।
स्पेस एक्स आगामी जुन १२ देखि अमेरिकी सेयर बजार सूचकाङ्क नास्डाकमा कारोबार सुरु गर्ने तयारीमा रहेको छ। कम्पनीले आईपीओ मार्फत ७५ अर्ब डलर उठाउने लक्ष्य राखेको छ, जुन इतिहासकै सबैभन्दा ठुलो सार्वजनिक शेयर निष्कासनमध्ये एक हुन सक्छ ।
यदि सेयरहरू १३५ डलर वा सोभन्दा माथिको मूल्यमा बिक्री भए भने स्पेस एक्स तत्काल विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक बन्नेछ। स्पेस एक्सले अन्तरिक्ष अन्वेषणका लागि रकेट तथा पूर्वाधार निर्माण गर्ने काम गर्छ। साथै कम्पनीसँग स्टार लिङ्क र एक्सएआई जस्ता व्यवसायहरू पनि आबद्ध छन्।
विश्लेषकहरूका अनुसार स्पेस एक्समा ८० प्रतिशतभन्दा बढी स्वामित्व राख्ने एलन मस्कको सम्पत्ति आईपीओ सफल भएमा अभूतपूर्व रूपमा वृद्धि हुन सक्छ। केही अनुमानअनुसार उनी विश्वकै पहिलो ट्रिलियनर (१० खर्ब डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति) बन्ने सम्भावना समेत देखिएको छ। तर यो सम्भावना सेयर बजारमा कम्पनीको वास्तविक प्रदर्शन, लगानीकर्ताको रुचि र समग्र आर्थिक अवस्थामाथि निर्भर रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण