भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
बिहीबार, २१ जेठ २०८३, १५ : ५७
काठमाडाैँ। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ।
स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब ३ः५५ मा आगलागी भएको हो। आगलागी हुँदा आईसीयू भित्र १३ जना बिरामी थिए।
करिब २० जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीहरूले उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
स्थानीय मिडिया रिपोर्टका अनुसार बिजुलीको सर्किटका सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण