‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
सारांश
- अनिल घिमिरे बार्नको अध्यक्षमा निर्वाचित भए।
- नयाँ कार्यसमितिमा १२ सदस्य चयन भएका छन्।
- बार्नले उड्डयन क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न) को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् ।
बार्नको भर्खरै सम्पन्न वार्षिक साधारण सभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा भोलाविक्रम थापा, द्वितीय उपाध्यक्षमा अभित श्रेष्ठ, महासचिवमा सरिक बोगटी तथा कोषाध्यक्षमा नवराज शाही निर्वाचित भएको बार्नले जनाएको छ ।
यस्तै, कार्यसमिति सदस्यमा सेरकान बसर, जुनु मलेकु, धीरजचन्द्र श्रेष्ठ, सन्तोषविक्रम राना, तृप्ति क्षेत्री, रमेश लामिछाने र बासु लामिछानेललाई चयन गरिएको छ ।
‘लचिलो आकाश, साझा दृष्टिकोण’ मूल नाराका साथ सन् १९९० मा स्थापना भएको बार्नले सरोकारवाला निकायबिचको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपालको उड्डयन क्षेत्रको व्यावसायिक विकास र विस्तारमा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण