रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको अध्यक्ष पदमा शिवकुमार सुवेदी २३५ मत प्राप्त गरी विजयी भएका छन्।
- जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उपाध्यक्षमा रामनिवास पुरी, सचिवमा यमलाल आचार्य र सह-सचिवमा देवेन्द्रकुमार शर्मा विजयी भएका छन्।
- निर्वाचन समितिले आज बिहान मतपरिणाम सार्वजनिक गरेको हो।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ कपिलवस्तुको अध्यक्ष पदमा शिवकुमार सुवेदी निर्वाचित भएका छन्। जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी विक्रम थापालाई पराजित गर्दै सुवेदी २३५ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी थापाले ६५ मत मात्र प्राप्त गरे। हिजो साँझ ढिलोसम्म मतदान प्रक्रिया चलेको थियो भने आज बिहान मतपरिणाम सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, जिल्ला उपाध्यक्ष पदमा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो। जसमा रामनिवास पुरी १८० मतसहित विजयी भएका छन्। सो पदका अन्य उम्मेदवारहरू चिरञ्जीवी शर्माले ८२ मत और अनुप मरासिनीले ३२ मत प्राप्त गरी पराजित भए।
त्यस्तै सचिव पदमा यमलाल आचार्य २०९ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका प्रतिस्पर्धी गुरुदेव पौडेलले ६० मत र सुशील खत्रीले ४४ मत प्राप्त गरे। सह–सचिव पदमा देवेन्द्रकुमार शर्मा १२३ मतसहित विजयी भएका छन्।
उक्त पदका अन्य उम्मेदवारहरू मोहम्मद अलीले ९६ मत, जीव लालले ४६ मत र कृति मल्लले ३२ मत प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण