सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
सारांश
- सांसद रञ्जित कर्णले नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसक्नु सरकारी व्यवस्थापकीय कमजोरी भएको बताएका छन् ।
- उनले सुरुङ मार्ग एक वर्षअघि नै तयार भए पनि अपरेसन र मेन्टेनेन्सको टिम निर्माण सकिएपछि मात्र खोज्दा जनताले प्रयोग गर्न नपाएको उल्लेख गरे ।
- उनले मेलम्ची आयोजनामा भएको ढिलाइ जस्तै ठुला आयोजनाहरूमा हुने ढिलाइले मुलुकलाई ठुलो आर्थिक भार थपिएको र समयमै काम सम्पन्न गर्ने नजिर स्थापित गर्नुपर्ने सुझाव दिए ।
काठमाडौँ । सांसद रञ्जित कर्णले नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन नसक्नु सरकारी व्यवस्थापनको कमजोरी भएको बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै कर्णले निर्माण सकिएपछि मात्र सञ्चालनका लागि टिम खोज्ने प्रक्रियाले आयोजना अलपत्र परेको उल्लेख गरे ।
‘सुरुङ मार्ग एक वर्षअघि नै तयार भएको हो, तर अहिलेसम्म जनताले प्रयोग गर्न पाएका छैनन्,’ कर्णले भने, ‘निर्माण सकिएपछि मात्र अपरेसन र मेन्टेनेन्सको टिम खोज्नुले सरकारी अदूरदर्शिता देखाउँछ । यो काम एक वर्षअघि नै गर्नुपर्थ्यो ।’
उनले नेपालका ठुला आयोजनाहरूमा साइट क्लियरेन्स र ईआईए प्रक्रियामा हुने ढिलाइले मुलुकलाई ठुलो आर्थिक भार थपिएको बताए । मेलम्ची आयोजना २७ वर्ष ढिलो हुँदा भएको मूल्य वृद्धिको पैसाले सिड्नीमा एउटा सुरुङ र एयरपोर्ट बन्न सक्ने तथ्य पेस गर्दै उनले समयमै काम सम्पन्न गर्ने नजिर स्थापित गर्न सुझाव दिए ।
उनले जग्गा अधिग्रहण नगरी रेलवेको ठेक्का लगाउने जस्ता बेथिति रोक्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण