वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
सारांश
- वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनलमा हङकङलाई डकवर्थ-लुइस नियम अनुसार १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको छ ।
- हङकङले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।
- नेपालका लागि कुशल भुर्तेलले ६५ रनको उत्कृष्ट पारी खेले भने शेर मल्लले ४ विकेट लिएर हङकङलाई १ सय ८८ रनमा रोक्न महत्वपूर्ण भूमिका खेले ।
काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल विजयी बनेको छ । हङकङलाई डकवर्थ एन्ड लुइस स्टर्न (डीएलएस) मेथडबाट १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
हङकङले नेपालसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा १ सय १४ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।
नेपालका लागि रोहित पौडेल २४ बलमा ३५ रन तथा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन बनाएर खेलिरहेका थिए । यसअघि, ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रन जोडेका थिए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । आशिफ शेख भने शून्य रनमा आउट भएका थिए ।
सिंगापुरको सिंघा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । खेलमा नेपालले दोस्रो ओभर नै सफलता पाएको थियो । ओपनर निजाकत खान मात्र २ रन बनाएर शेर मल्लको शिकार बने । तेस्रो ओभरमा करन केसीले बाबर हायातलाई शून्य रनमा पभेलियन फर्काए ।
त्यसपछि ओपनर अंशुमन राथले शिव माथुरसँग मिलेर हङकङको पाली सम्हाले । माथुरले २१ बलमा २६ रन बनाएपछि उनी शेर मल्लको बलमा बोल्ड हुन पुगे ।
राथले त्यसपछि विकेटकिपर साहिद वासिफसँग अर्धशतकीय साझेदार गर्दै ३९ बलमा ८४ रन जाडे । राथले ४५ बलमा ८० रनको योगदान दिए। उनले ६ चौका र ६ छक्का प्रहार गर्दै मल्लद्वारा क्याच आउट हुन पुगे ।
वासिफले पनि तीव्र गतिमा अर्धशतक पूरा गर्दै २८ बलमा ५५ रन बनाए । उनले यसक्रममा ७ चौका र ३ छक्का प्रहार गरे । कप्तान यासिम मुर्तजाले ९ रन जोडे भने नसरुल्लाह रानाले ८ रन बनाए।
नेपालका लागि शेर मल्लले घातक बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए । करन केसीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट हात पारे । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
कप्तान दीपेन्द्र सिंह ऐरीको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको थियो । यो खेल उनको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । नेपाल र हङकङ यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण