शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
काठमाडौँ । नेपालको बाह्य आर्थिक परिदृश्य अत्यन्तै सकारात्मक देखिएको छ । देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर देखाउने शोधनान्तर स्थिति दश महिनाको अवधिमा ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो।अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु वर्षको दश महिनामा आइपुग्दा ६ अर्ब ९८ करोड डलरले बचतमा पुगेको छ । उल्लेख्य रेमिट्यान्स आप्रवाह र आयातमा आएको सन्तुलनका कारण शोधनान्तर स्थिति मजबुत भएको हो।
त्यसैगरी, देशको चालु खाता पनि ७ खर्ब ९२ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १६ अर्ब ८९ करोड भित्रिएको छ।
यसले देशको भुक्तानी सन्तुलन बलियो हुनुका साथै तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वमा समेत सकारात्मक प्रभाव पर्ने सङ्केत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण