रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा ३ जना आकाङ्क्षी देखिएका छन्। मंगलबार हेटौँडामा जारी प्रथम अधिवेशनमा निवर्तमान प्रदेश सभापति एवम् सङ्घीय सांसद अच्युतम लामिछाने र बदन भण्डारीसम्मले आकांक्षा देखाएका छन् । उनीहरूसहित रास्वपा बागमतीका निवर्तमान प्रवक्ता उत्सव अर्यालले पनि प्रतिस्पर्धामा छन्
सांसद लामिछाने र भण्डारीसहित मकवानपुरका अर्यालले सभापति पदको चुनावी अभियानमा जुटेका हुन् । लामिछाने नुवाकोटबाट निर्वाचित सांसद समेत हुन् भने भण्डारी काभ्रेबाट निर्वाचित सांसद हुन् ।
सभापतिसहित अन्य पदाधिकारी र सदस्यहरूको लागि समेत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका संशोधन गरी साँझ ७ बजेसम्म प्रचार प्रसारको समय निर्धारण गरिएको छ ।
रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन्।
सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ।त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ।
पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण