गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
सारांश
- गर्मीमा तातो कफी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन सक्ने विज्ञहरू बताउँछन् ।
- तातो पेय पदार्थले शरीरका रक्तनलीहरू फराकिला पार्नुका साथै पसिना आउन मद्दत गर्छ, जसले शरीरलाई चिसो महसुस गराउँछ ।
- सुख्खा मौसममा तातो कफी बढी उपयोगी भए पनि अत्यधिक आद्र्र मौसममा भने सावधानी अपनाउनुपर्छ ।
काठमाडौँ । सामान्यतया जाडो मौसममा तातो पेय पदार्थहरू बढी सेवन गरिन्छ । यसले शरीरलाई न्यानो बनाउने विश्वास गरिन्छ । तर गर्मी मौसममा तातो कफी पिउनु पनि स्वास्थ्यका लागि लाभदायक हुन सक्ने विज्ञहरू बताउँछन् ।
धेरैलाई गर्मीमा तातो कफी पिउँदा शरीर झन् तातो हुन्छ भन्ने लागे पनि सही अवस्थामा यसले शरीरलाई चिसो महसुस गराउन मद्दत गर्न सक्छ ।
विज्ञहरूका अनुसार तातो पेय पदार्थ सेवन गर्दा शरीरका रक्तनलीहरू फराकिला हुन्छन् । यसले छालासम्म रक्तसञ्चार बढाउँछ र शरीरभित्रको ताप बाहिर निस्कन सहयोग पुग्छ । साथै, तातो कफी पिएपछि हल्का पसिना आउँछ । पसिना सुक्दै वाष्पीकरण हुँदा शरीरले स्वाभाविक रूपमा चिसोपन महसुस गर्छ ।
कफी खाँदा यी कुरामा दिनुस् ध्यान
ओटावा विश्वविद्यालयको एउटा अध्ययनअनुसार तातो कफीको यस्तो प्रभाव वातावरणले पसिनालाई सजिलै सुक्न मद्दत गर्ने बेलामा मात्रै प्रभावकारी हुन्छ । मौसम अत्यधिक आद्र्र छ भने पसिना छिट्टै सुक्दैन र शरीरलाई राहत मिल्नुको सट्टा अझ बढी गर्मी महसुस हुन सक्छ । त्यसैले तातो कफीको लाभ मौसम र शरीरको अवस्थामाथि निर्भर हुन्छ । सुख्खा मौसममा तातो कफी बढी उपयोगी हुन सक्छ भने अत्यधिक आद्र्र भएको अवस्थामा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
कुन हो गर्मीमा कफी पिउने सही समय ?
कफी पिउने समय पनि महत्वपूर्ण मानिन्छ। ताजा बनाइएको तातो कफीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ । कफी खाली पेट पिउनुभन्दा बिहानको खाजा खाइसकेपछि वा केही समयपछि सेवन गर्नु राम्रो मानिन्छ । यसले अम्लपित्त तथा तनावसँग सम्बन्धित हर्माेनको प्रभाव कम गर्न सहयोग पुर्याउन सक्छ ।
दिनमा कति कफी पिउनु उपयुक्त?
गर्मी मौसममा कफी सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ । दिनभरमा एकदेखि दुई कप कफी पर्याप्त मानिन्छ । साथै, शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु र सन्तुलित जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
-
‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैरजिम्मेवार : आङ्देम्बे (सम्बोधनको मुख्य अंशसहित)
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण