गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ
सारांश
- गैरनेपालीलाई नागरिकता दिलाएको आरोपमा दाङमा एक वडा अध्यक्ष र सचिवसहित चारजना पक्राउ परेका छन् ।
- राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष, कर्मचारी र एक गैरनेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
- प्रहरीले चारैजना विरुद्ध नागरिकता सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
दाङ । झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका छन् ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर), सोही वडाका वडा सचिव राजेश कुमार कहार र तत्कालीन कार्यालय सहायक मिना चौधरी रहेका छन् । यसैगरी झुट्टा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने राजपुर गाउँपालिका ४ का आलम जोल्हालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्नका लागि कुनै पनि योग्यता नपुगेका गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा कायम गराई कागजात मिलाइएको खुलेको छ । वडा अध्यक्ष, वडा सचिव र तत्कालीन कार्यालय सहायकको प्रत्यक्ष संलग्नता र मिलेमतोमा ती गैरनेपालीलाई गैरकानुनी रूपमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने काम भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका चारैजना विरुद्ध नागरिकता सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादनको शिकार बन्यो रास्वपा बागमतीको अधिवेशन
-
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण