एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
सारांश
- मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले दुईवटा सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माणको शुभारम्भ गरेको छ।
- यो आयोजना एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत पर्दछ, जसमा अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७० करोड डलर लगानी रहेको छ।
- यस परियोजनाले रातमाटे र नयाँ दमौलीमा ४०० केभी क्षमताका सबस्टेसन निर्माण गर्नेछ र लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, रातमाटे–न्यु दमौली र न्यु दमौली–न्यु बुटवल खण्डमा प्रसारण लाइन निर्माण गरिनेछ।
काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नेपालको ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारलाई सुदृढ बनाउने उद्देश्यका साथ दुईवटा नयाँ सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
नुवाकोटको रातमाटेमा आयोजित एक विशेष समारोहका बीच एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका यी महत्त्वपूर्ण आयोजनाहरूको निर्माण सुरु गरिएको हो।
संयुक्त राज्य अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७० करोड डलर लगानी रहेको यस साझेदारीले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र सडक सञ्जालको स्तरउन्नति गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले यस आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीको रूपमा टिप्पणी गरे । उनले ऊर्जा सुरक्षा सुनिश्चित गर्न र औद्योगिक विस्तारका लागि सुदृढ प्रसारण पूर्वाधार अनिवार्य रहेकोमा जोड दिए ।
अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमका यस कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण भइरहेको छ ।
यस परियोजना अन्तर्गत रातमाटे र नयाँ दमौलीमा ४०० केभी क्षमताका सबस्टेसनहरू निर्माण हुनेछन्, जुन नेपालकै ठुला सबस्टेसनमध्येमा पर्नेछन्। प्रसारण लाइनतर्फ लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, रातमाटे–न्यु दमौली र न्यु दमौली–न्यु बुटवल खण्डहरूको निर्माण गरिनेछ। निर्माण कार्यका लागि टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ, आशिष–बोयगोज, एन्जेलिक–स्किपर र वाइवा–सालसर जस्ता विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भई काम अगाडि बढिसकेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यी पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण हिस्सा हुने बताउनुभयो। एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस आयोजनालाई नेपालको ऊर्जा पूर्वाधार विकासको ‘कोसेढुङ्गा’ को रूपमा अर्थ्याउँदै यसले क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई एक प्रमुख शक्तिका रूपमा स्थापित गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण