चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
चितवन । यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् ।
साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए ।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताए ।
जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताए ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताए। यस वर्ष चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण