इरानले गर्याे अमेरिकी सैन्य आक्रमणको निन्दा
काठमाडाैँ । इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी सैन्य आक्रामकको कडा निन्दा गरेको छ।
स्ट्रेट अफ हर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको दक्षिण क्षेत्रमा 'क्रूर' आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।
इरानको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको खुल्लम–खुला उल्लङ्घनको भएको भन्दै प्रतिक्रियामा, इरानी सशस्त्र बलले आत्मरक्षाको क्रममा मध्य पुर्वमा रहेका अमेरिकी आधार र सम्पत्तिमा प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
इरानले क्षेत्रीय देशहरूलाई इरानविरुद्ध 'आक्रमणकारी कार्यहरू' गर्न, सङ्गठित अपराध गर्न र समर्थन गर्न आफ्नो क्षेत्र र सुविधाहरूको प्रयोग रोक्न आग्रह गर्दै जवाबी कारबाहीको चेतावनी दिएको छ।
आक्रमण पछि इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले आफ्ना टर्की र साउदी समकक्षी हाकान फिदान र फैसल बिन फरहान अल सौदलाई पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छुट्टा–छुट्टै फोनवार्ता गरेको जनाइएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले बुधवार बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्डले बुधबार सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको प्रतिक्रियामा इरानी लक्ष्यहरू विरुद्ध 'आत्मरक्षा' आक्रमणहरू गरेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालसम्मकै सर्वाधिक रेटिङ प्राप्त गर्दै ऐरी उक्लिए चौथो स्थानमा
-
इयु प्रतिबन्धबारे चीनको चेतावनी
-
कश्मीरमा हेलिकप्टर दुर्घटना
-
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण