ज्ञानेन्द्र शाहीकाे प्रश्न : भारतले तिमीले हाम्रो भूगोल मिचेका रहेछौँ, देऊ भन्यो भने कहाँको भूमि दिने ?
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतले नेपालको भूभाग मिचेको छ भने त्यो फिर्ता माग्दा कहाँको भूमि दिने भनी प्रश्न गरेका छन्।
- शाहीले प्रधानमन्त्रीले गल्ती गरेमा मन्त्रीले सच्याउने परम्पराविपरीत अहिले प्रधानमन्त्रीको गल्ती मन्त्रीले सच्याउने काम भएको बताए।
- उनले प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र त्यो अभिव्यक्ति संसद्को रोष्ट्रमबाट हटाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतले हाम्रो भूभाग मिचेका रहेछौँ, त्यो देऊ भनेमा कहाँको भूमि दिने ? भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा भारतको सीमा नेपालले मिचेको बताएको सन्दर्भमा त्यस्तो बताएका हुन्।
उनले थप प्रश्न गर्दै भने, ‘ युद्ध भयो र भूमि माग्यो भने कहाँको दिने होला ?’ उनले मन्त्रीले गल्ती गरेमा अभिभावक बन्दै सच्याउने परम्परा भए पनि अहिले त्यसको उल्टो भएको उनले बताए।
‘मन्त्रीले गरेको गल्ती प्रधानमन्त्रीले सच्याउने परम्परा विपरीत उल्टो तरिकाले प्रधानमन्त्रीको गल्ती मन्त्रीले सच्याउने काम भयो,’ शाहीले भने ।
शाहीले प्रधानमन्त्री शाहले आफूले व्यक्त गरेको अभिव्यक्ति रोष्ट्रममा आएर सच्याउनुपर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रोष्ट्रमबाट हटाउनुपर्नेमा समेत उनले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
-
सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा
-
‘बजेट अस्वाभाविक रूपमा ठुलो आकारको आयो, स्रोत जुट्ने अवस्था देखिँदैन’
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण