नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज केन्द्रीय कार्यालयस्थित बी.पी. स्मृति भवनमा पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा विभिन्न विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक अवधारणा प्रस्तुत गर्दै नीति निर्माण र अनुसन्धानका महत्वपूर्ण पक्षहरूबारे विस्तृत छलफल गरेका छन्।
बैठकमा विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिका संयोजक ई. दिपेश विष्ट, बाल अधिकार उपसमितिका संयोजक उमंग लोहनी तथा जलवायु परिवर्तन सचेतना उपसमितिकी संयोजक रोशनी गिरीले आ–आफ्ना विषयगत अवधारणाको पावर पोइन्ट प्रस्तुतीकरण गरेका थिए।
उपसमितिहरूबाट प्रस्तुत अवधारणामाथि बैठकमा गहन र रचनात्मक छलफल भएको प्रतिष्ठानले जनाएको छ। छलफलका क्रममा नीति निर्माण, सुशासन प्रवर्द्धन, सामाजिक न्याय, बाल अधिकार संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न आवश्यक रणनीतिहरूबारे सुझावहरू प्रस्तुत भएका थिए।
यसैगरी बैठकले प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले प्रस्तुत गर्नुभएको प्रतिष्ठानको आन्तरिक आचारसंहिता सर्वसम्मत रूपमा पारित गरेको छ। आचारसंहिता पारित भएसँगै प्रतिष्ठानको कार्यसम्पादनलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउन मार्गदर्शन प्राप्त हुने अपेक्षा गरिएको छ।
बैठकमा उठेका विषयहरूलाई थप परिष्कृत गर्दै आगामी कार्ययोजना तय गर्न प्रतिष्ठानको बैठक भोलि बिहान ११:०० बजे पुनः बस्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
-
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण