बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह

बुधबार, २७ जेठ २०८३, २० : ३९
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक कार्यको निर्धारित समयावधि भोलि समाप्त हुँदैछ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्।

१ लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बताए।

क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका क्रियाशील सदस्यहरूलाई तोकिएको समयसीमाभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न भनिएकाे छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप