बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

रणभूमिमा अघि बढ्दै मानवरूपी रोबोटहरू

बिहीबार, २८ जेठ २०८३, ०९ : ३०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • फाउन्डेसन रोबोटिक्सले सैन्य र नागरिक दुवै क्षेत्रमा प्रयोग गर्न सकिने फ्यान्टम नामक मानवरूपी रोबोट विकास गरिरहेको छ।
  • यस रोबोटको दोस्रो पुस्ता, फ्यान्टम एमके-२, पानी र धुलो प्रतिरोधी हुने, ६ घण्टा चल्ने र लडेमा आफैं उठ्न सक्ने क्षमताको हुनेछ।
  • मानवरूपी रोबोटलाई हतियारयुक्त बनाउने विषयमा नैतिक प्रश्नहरू उठ्नुका साथै प्राविधिक र सञ्चालन अवधि जस्ता चुनौतीहरू पनि छन्।

फ्रान्सिस्कोको प्रविधि–केन्द्रित क्षेत्रमा रहेको एउटा औद्योगिक स्थानमा पुग्दा त्यहाँ कुनै डरलाग्दो मानवरूपी रोबोट सैनिकले युद्धजस्तै गतिविधि गरिरहेको देख्न पाइएला भन्ने लागेको थियो । सायद भविष्यमा जमिनमा खेलिने युद्धकलाको एक झलक, तर त्यसको सट्टा ‘फ्यान्टम’ नाम गरेको एउटा कालो, चम्किलो र अनुहार नभएको रोबोट आफ्नै धुनमा व्यस्त थियो । यसले बालबालिकाले खेल्ने रङ्गीन ब्लकहरू चलाइरहेको थियो ।

‘हामीलाई यसले आफ्नो वरपरको वातावरणसँग कसरी अन्तर्क्रिया गर्छ भन्ने डेटा आवश्यक छ ... र यो आजको मेनु हो,’ दुई वर्ष अघि सुरु गरिएको ‘फाउन्डेसन रोबोटिक्स’का सह–संस्थापक र सीईओ संकेत पाठकले सम्झाए । यो कम्पनीले सैन्य र नागरिक दुवै क्षेत्रमा प्रयोग गर्न मिल्ने गरी फ्यान्टमको विकास गरिरहेको छ ।

उनले रोबोटको स्थिरता प्रदर्शन गर्न र यो कसरी हिँड्छ भनेर देखाउन यसको ८० केजीको स्टिलले ढाकिएको शरीरलाई कोठा वरिपरि धकेले । धेरै कम्पनीहरूले कारखाना, घर वा साथीको रूपमा काम गर्न स्वचालित मानवरूपी रोबोट बनाइरहेका छन्, तर फाउन्डेसनको दाबी छ कि रक्षा क्षेत्रका व्यापक प्रयोगहरूका लागि विशेष रूपमा यस्ता रोबोट विकास गर्ने यो एकमात्र अमेरिकी कम्पनी हो । यसमा सामग्री ढुवानी, जासुसी, उपकरण वा घाइतेहरूको उद्धार र जोखिमपूर्ण ठाउँको निरीक्षणजस्ता सहयोगी भूमिकाहरू पर्छन् । तर, योभन्दा बढी विवादास्पद कुरा युद्धमा खटिएर खतराहरूलाई सामना गर्ने र निस्तेज पार्ने काम पनि यसमा पर्छ— जसलाई पाठक ‘अग्रपङ्क्तिको हतियारकरण’ भन्छन् ।

रोबोटहरूलाई हतियार बोकाउँदा मानव सैनिकहरूलाई खतराबाट टाढा राख्न सकिने उनको तर्क छ । तिनीहरू त्यस्ता भवनहरूमा पसेर खोजी गर्न सक्छन्, जहाँ साँघुरा गल्लीहरू मानवका लागि ज्यान लिने खालका हुन सक्छन् । यसले युद्धमा हुने अन्य क्षतिलाई पनि कम गर्न सक्छ । आकाशबाट स्वचालित रूपमा लक्ष्यहरूमा आक्रमण गर्नुभन्दा जमिनमा आधारित स्वचालित प्रणाली बढी सटिक हुन सक्ने उनी बताउँछन् ।

तर, फाउन्डेसनको फ्यान्टमका लागि यी सबै कुरा अझै भविष्यको गर्भमै छन् । मलाई देखाइएको कम्पनीको पहिलो पुस्ताको मोडेल ‘फ्यान्टम एमके–१’ थियो । त्यसमा ब्याट्री छैन, यो धुलो वा पानी प्रतिरोधी छैन र यदि यो लड्यो भने आफैँ उठ्न पनि सक्दैन । यसका हातको निपुर्णता अझै पनि रोबोटिक्स क्षेत्रमा एउटा ठुलो चुनौती हो । यसका हातमा शक्ति र सिल्पको कमी छ र यसमा अहिलेसम्म गतिलो नाडी पनि छैन । यसका लागि थप सुविधा सहितको अर्को ‘फ्यान्टम एमके–२’ नामक दोस्रो पुस्ताको मोडेल निर्माण भइरहेको छ ।

पाठकका अनुसार, फ्यान्टम एमके–२ पानी धुलोबाट सुरक्षितमात्र हुने छैन, बरु यसमा भएको ठुलो ब्याट्रीले करिब ६ घण्टा चल्न सक्छ र यो लडेमा आफैँ उठ्न तथा थप शक्ति सहन गर्ने क्षमताको हुनेछ । यसका लागि सबल हात हुनु अत्यन्त महत्त्वपूर्ण छ । ‘रोबोटका हातका औंला र नाडीहरू धेरै तरिकाले चल्नेछन्, जसले यसलाई हतियार चलाउन मद्दत गर्नेछ,’ पाठक भन्छन् ।

फाउन्डेसनको लक्ष्य २०२७ को अन्त्यसम्ममा प्रतिवर्ष कम्तीमा ४०,००० थान रोबोट उत्पादन गर्ने र दीर्घकालीन रूपमा प्रत्येकको लागत २०,००० डलर भन्दा कम राख्ने रहेको पाठकले थपे ।

Robert 222

निलो टिसर्ट लगाएका संकेत पाठक कालो फ्यान्टम रोबोटको छेउमा उभिएका छन् । पाठकको तर्क छ कि चीनले यो प्रविधिलाई तीव्र रूपमा अघि बढाइरहेको छ र पश्चिमी देशहरूले पनि यसमा पछि पर्नु हुँदैन । उनी आकाशमा स्वचालित ड्रोनहरूको बढ्दो प्रयोगजस्तै लाखौँ एआई–सञ्चालित मानवरूपी रोबोटहरूको स्थल सेना गठन गरेको कल्पना गर्छन् । ‘मानवरूपी रोबोट सैनिकहरूको टोलीले द्वन्द्व रोक्न ठुलो भूमिका खेल्न सक्छ,’ उनले भने ।

यस फाउन्डेसनले अमेरिकी सेनासँग आफ्नो प्रविधिको परीक्षण गर्न २४ मिलियन डलरको अनुसन्धान सम्झौता छ । साथै हाल युक्रेनी सेनाद्वारा दुई वटा युनिटको परीक्षण भइरहेको छ । ‘अमेरिकी सेनाको परीक्षण हतियार चलाउनुभन्दा पनि सामग्रीहरू ओसारपसार गर्नमा सीमित छ,’ पाठकले भने ।

यद्यपि युक्रेनमा भइरहेको परीक्षणमा हतियारीकरण पनि समावेश छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्प यस कम्पनीको लगानीकर्ता र सल्लाहकार बनेपछि यो कम्पनीले यस वर्षको सुरुमा धेरैको ध्यान आकर्षित गरेको थियो । फाउन्डेसन पाठकका लागि आफैँलाई प्रमाणित गर्ने अवसर पनि हो । उनी सह–संथापक भएको र नेतृत्व सम्हालेको वित्तीय सेवा कम्पनी ‘सिनाप्स’ सन् २०२४ मा टाट पल्टिएको थियो । तर के मानवरूपी सैनिक रोबोटहरू नै सेनालाई चाहिएको चिज हो ? यिनीहरूलाई बनाउन कत्तिको गाह्रो छ ? र, यसले कस्ता नैतिक प्रश्नहरू खडा गर्छ ? मानवरूपी रोबोटिक्स सल्लाहकार फर्म ‘रोबोज्याप्स’का डिन फ्यान्कहाउजर भन्छन्, ‘सेना यसमा एकदमै इच्छुक छ ।’

उनले अमेरिकी सेनाको हालैको एउटा प्रतिस्पर्धालाई औँल्याए, जसमा मानवरूपी रोबोटले सैनिकहरूलाई विभिन्न कार्यमा सहयोग गर्न सक्छन् । कुनै कम्पनीले यस प्रविधिलाई हतियारयुक्त बनाउनुमा व्यापारिक अवसर देख्नु सामान्य र अपरिहार्य भएको फ्यान्कहाउजरको तर्क छ । अहिले विस्फोटक पदार्थ, मिसाइल र अन्य युद्धसामग्री बोक्नका लागि धेरै ड्रोन र केही जमिनमा चल्ने रोबोट प्रणालीहरू जस्ता सरल रोबोटहरू प्रयोग भइरहेका छन् । विशेष गरी युक्रेनमा तिनको युद्धमैदानमा प्रयोग भएको प्रस्टसँग देख्न सकिन्छ । ‘केही कम्पनीले कुकुरजस्तै देखिने चारखुट्टे रोबोटहरूलाई हातहतियार सम्पन्न बनाउने पनि काम गरिरहेका छन् । यद्यपि हामीले तिनीहरूलाई सक्रिय युद्धमा त्यति देखेका छैनौँ,’ फ्यान्कहाउजरले भने ।

तर खुट्टा भएका अन्य रोबोट कम्पनीहरूले यसबाट हुन सक्ने हानि र नैतिक समस्याहरूलाई उद्धृत गर्दै हतियारकरणको विरोध पनि गरिरहेका छन् । पाठक यस कुरामा असहमत छन् । धेरै कम्पनीहरूले फाउन्डेसनको बाटो नपछ्याउनु खतरनाक भएको उनको तर्क छ । ‘ह्युमनोइड रोबोट सैनिकहरू उपयुक्त हुनुको कारण यो संसार मानवका लागि बनाइएको हो,’ उनले तर्क गरे ।

चिनियाँ रोबोटहरूले राम्रो प्रदर्शन देखाए पनि तिनीहरू युद्धमैदानबाट अझै केही टाढा छन् । यद्यपि, मानवरूपी रोबट नै सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने कुरामा सबैजना विश्वस्त छैनन् । ‘रोबोज्याप्स’ का फ्यान्कहाउजर भन्छन्, ‘चारखुट्टे जस्ता अन्य रोबोटहरूले कठिन भूभागमा छिटो र बढी प्रभावकारी रूपमा यात्रा गर्न सक्छन् ।’

‘स्क्रूड्राइभरदेखि हतियारसम्म अवस्थित उपकरणहरूलाई पुनः आविष्कार गरिरहनु पर्ने आवश्यकता छैन । प्रणालीले कुनै पनि घातक बल प्रयोग गर्नु अघि त्यसमा मानवीय प्रक्रिया हुनुपर्छ र त्यसलाई मानवले स्वीकृत गर्नुपर्छ,’ पाठकले भने । यद्यपि उनले केही अपवाद पनि राखेका छन्, जहाँ विनाशकारी परिणामबाट बच्न आफैँ हतियार चलाउनु आवश्यक पर्न सक्छ र त्यस्ता परिस्थितिहरूमा मानव स्वीकृतिको महत्त्व कम हुन्छ ।

सायद मानवरूपी रोबोट बनाउने सबै कम्पनीहरूले सामना गरिरहेको सबैभन्दा ठुलो चुनौती भनेको वास्तविक संसारमा काम गर्न सक्ने र अप्रत्याशित तथा जटिल परिस्थितिहरूसँग जुध्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास गर्नु नै हो । फ्यान्टमलाई ‘कोर्टेक्स’ नामक एआई प्रणालीद्वारा निर्देशित गरिन्छ र, यसको नयाँ संस्करण पनि विकासको क्रममा छ । यसको अवधारणा यो हो कि सामग्री सार्ने वा भवनभित्रको नक्साङ्कन गर्नेजस्ता कुनै एउटा लक्ष्य फ्यान्टमलाई दिइन्छ । यो कार्यका लागि उसलाई भिडियो, छवि र निर्देशन प्रयोग गरेर विशेष रूपमा प्रशिक्षित गरिएको हुन्छ । त्यसपछि यसले आफ्नो हेलमेटमा भएका क्यामेराहरू प्रयोग गरेर ३६०–डिग्री वरिपरि हेर्न सक्छ । त्यही अनुसार अघि बढ्छ । यसकै कारण यसको एआई प्रणालीलाई वरपरको मूल्याङ्कन गर्न र आफ्नो चाललाई अनुकूल बनाउन मद्दत मिल्छ ।

पाठकका अनुसार, कोर्टेक्समा दुई प्रकारका एआई मोडेल मिलेर काम गर्छन् । विशेष कार्यका उदाहरणहरूमा प्रशिक्षित गरिएको एउटा ‘रिजनिङ मोडेल’ले यसका लक्ष्यको व्याख्या गर्छ र फ्यान्टमको कार्य योजना बनाउँछ । अर्को विस्तृत भनेको ‘वर्ल्ड मोडेल’ हो, जुन इन्टरनेटका भिडियोहरू र रोबोटले भौतिक संसारसँग अन्तरक्रिया गर्दा सङ्कलन गरेको डेटामा आधारित हुन्छ । यस्तो डेटा (जस्तै ब्लकहरूसँगको स्वतन्त्र खेल) जस्ता गतिविधिबाट प्राप्त हुन्छ । यसले वातावरणले कस्तो प्रतिक्रिया दिनेछ भनेर अनुमान गर्छ, जसले फ्यान्टमलाई सुरक्षित रूपमा हिँड्न र आफ्ना कार्यहरू कार्यान्वयन गर्न सहयोग गर्छ ।

चिनियाँ रोबोटहरूले राम्रो प्रदर्शन देखाए पनि तिनीहरू युद्धमैदानबाट अझै केही टाढा छन् । यद्यपि, मानवरूपी रोबट नै सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने कुरामा सबैजना विश्वस्त छैनन् । ‘रोबोज्याप्स’ का फ्यान्कहाउजर भन्छन्, ‘चारखुट्टे जस्ता अन्य रोबोटहरूले कठिन भूभागमा छिटो र बढी प्रभावकारी रूपमा यात्रा गर्न सक्छन् ।’

7d82c370-538a-11f1-89a3-d1f559421220.jpg

उनले व्यावसायिक क्षेत्रमा देखेका कुराका आधारमा मानवरूपी प्रविधिले अझै लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरे । ‘आजका व्यावसायिक मानवरूपी रोबोटहरूले गोदामको प्याकिङ समेत मुस्किलले सम्हाल्न सक्छन्, ढोका खोल्ने कुरा त परै जाओस्,’ फ्यान्कहाउजरले भने, ‘यदि आज ताइवानमा युद्ध भयो भने चीनले यी मानवरूपी रोबोटहरूलाई सैन्यकरण गर्ने र प्रभावकारी रूपमा लड्ने सम्भावना केवल एउटा कल्पनामात्र हो ।’

चिनियाँ रोबोटहरूले केही प्रभावशाली प्रदर्शनहरू देखाए पनि ती अत्यधिक नियन्त्रित वा निश्चित व्यवस्थित वातावरणमा भएका छन् । यो वास्तविक संसारिक युद्धको वातावरण भन्दा विपरीत हुन्छ । यद्यपि फ्यान्कहाउजर थप्छन् कि अबको ५ वा १० वर्षमा परिस्थिति फरक हुन सक्छ । रोबर्ट ग्रिफिन गैर–नाफामुखी संस्था ‘फ्लोरिडा इन्स्टिच्युट फर ह्युमन एन्ड मेशिन कग्निसन’मा ह्युमनोइड रोबोटहरूमा काम गर्छन् । यसले गैर–युद्ध क्षेत्रमा परिचालित तर सैन्य सहयोगमा आश्रित मानवरूपी रोबोट परियोजनाहरूको अध्ययन गर्छ । यसबाट अलग भएको एउटा कम्पनीलाई पछि फाउन्डेसनले यसको केही मुख्य प्रविधिको लागि खरिद गरेको थियो ।

ग्रिफिन मानव सैनिकहरूको जोखिम कम गर्न मानवरूपी रोबोटहरूको महत्त्व देख्छन्, तर अप्रत्यासित वातावरण अझै पनि एउटा ठुलो अवरोध रहेको बताउँछन् ।

‘अज्ञात उचाइको झ्यालबाट रोबोटलाई फाल हाल्न लगाउनु, भिरालो जमिनमा अवतरण गराउनु र तुरुन्तै कुनै अपरिचित भित्री भागमा अघि बढाउनु कठिन कार्य हो । ‘मानव स्वरूप देखेर तपाईंमा मानिस जत्तिकै क्षमता भएको आभास त हुन्छ... तर, यिनलाई अचानक आउने अनिश्चितताहरूलाई कसरी सम्हाल्ने भन्ने अझै थाहा छैन,’ ग्रिफिनले भने ।

जेई कोर्बिन एउटा बेन्चमा राखिएको रोबोटको हातलाई मानव हातले चलाउँदैछ । जेई कोर्बिन फाउन्डेसनले आफ्नो रोबोटका लागि नयाँ हातहरूमा काम गरिरहेको छ । यसैबिच, नैतिक चिन्ताहरू ठुलो रूपमा देखा परिरहेका छन् । घातक स्वायत्त हतियारहरू जुनसुकै रूपमा भए पनि तिनले युद्धको मापदण्डलाई खुकुलो बनाउँछन् । द्वन्द्वलाई अमानवीय तुल्याउँछन् र जबाफदेहिता धुमिल पार्छन् ।

मानव सैनिकहरूले पल्टिने, आफ्नो टाउकोमा कार्टुनको बट्टा राख्ने जस्ता अस्वाभाविक क्रियाकलाप गरेर रोबोटका एआई प्रणालीहरूलाई सजिलै झुक्याएको उनले बताए । यसका व्यावहारिक समस्याहरू पनि सजिलै समाधान हुँदैनन् । सञ्चालन अवधि पनि एउटा यस्तो समस्या हो जसले मानवरूपी रोबोट कम्पनीलाई सताइरहेको छ । ग्रिफिनले भने, ‘स्थान परिवर्तन गर्नु र जोर्नीहरू चलाउनु अत्यधिक ऊर्जा खपत हुने काम हुन् । त्यसैले यिनीहरू ६ घण्टा चल्नु नै धेरै प्रभावकारी मानिन्छ ।’ फाउन्डेसन कम्पनीले मानिसका लागि डिजाइन गरिएको हतियार चलाउन सक्ने हातहरू बनाउन सक्छ कि सक्दैन भन्ने कुरा अझै बाँकी नै छ ।

‘यो कम्पनीले आफ्नो इन्जिनियरिङ टोलीका लागि कि त पूरा गर्ने कि त असफल हुने अत्यन्तै कठिन चुनौतीहरू तय गरिरहेको छ,’ उनले भने ।

जेई कोर्बिन एउटा बेन्चमा राखिएको रोबोटको हातलाई मानव हातले चलाउँदैछ । जेई कोर्बिन फाउन्डेसनले आफ्नो रोबोटका लागि नयाँ हातहरूमा काम गरिरहेको छ । यसैबिच, नैतिक चिन्ताहरू ठुलो रूपमा देखा परिरहेका छन् । घातक स्वायत्त हतियारहरू जुनसुकै रूपमा भए पनि तिनले युद्धको मापदण्डलाई खुकुलो बनाउँछन् । द्वन्द्वलाई अमानवीय तुल्याउँछन् र जबाफदेहिता धुमिल पार्छन् ।

‘स्टप किलर रोबोट्स’ नामको विश्वव्यापी गैर–सरकारी संस्थाकी कार्यकारी निर्देशक निकोल भ्यान रोइजेन मानवरूपी रोबोटलाई ‘थप आपत्तिजनक’ ठान्छिन् । मानिसजस्तै देखिने मेसिनहरूको नागरिक प्रयोग बढ्दै जाँदा ती परिचित र भरपर्दो लाग्न सक्छन् । ‘यसले गर्दा मानिसले खतरालाई आत्मसात् गर्न नसक्ने जोखिम बढ्छ । हालको प्राविधिक हतियार निर्माणको अस्वस्थ्य प्रतिस्पर्धाको समाधान भनेको यसलाई सकेसम्म निस्तेज पार्ने अन्तर्राष्ट्रिय नियमहरू बनाउनु नै हो,’ रोइजेनको तर्क छ ।

बीबीसीबाट

जोई कोर्बिन सानफान्सिस्कोका प्रविधि संवाददाता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोई कोर्बिन
जोई कोर्बिन
लेखकबाट थप