बुद्ध एयर र बस्नेतबिचको मुद्दामा तत्काल छुट्टै निर्णय गरिरहनु नपर्ने आदेश
सारांश
- उच्च अदालत पाटनले बुद्ध एयर र अर्चना बस्नेतबीचको मुद्दामा अदालती शुल्क विवादलाई तत्काल छुट्टै निर्णय गर्न नपर्ने आदेश दिएको छ।
- अदालतले उक्त विवादको टुंगो मूल मुद्दाको अन्तिम फैसला हुँदाकै बखत लाग्ने स्पष्ट पारेको छ।
- करिब ५ अर्ब रुपैयाँको बिगो माग गरिएको मुद्दामा सुरुमा १ हजार रुपैयाँ मात्र अदालती शुल्क बुझाएर अघि बढाउन खोजिएको थियो।
काठमाडौँ । उच्च अदालत पाटनले बुद्ध एयर प्रालि र अर्चना बस्नेतबिचको मुद्दामा ‘अदालती शुल्क’ सम्बन्धी विवादलाई तत्काल छुट्टै निर्णय गरिरहनु नपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त विवादको टुंगो मूल मुद्दाको फैसला हुँदाकै बखत लाग्ने स्पष्ट पारेको हो।
उच्च अदालत पाटनले बुद्ध एयर प्रालि र सेयर धनी अर्चना बस्नेत बिचको लामो समयदेखि चलिरहेको कानुनी लडाइँमा ‘अदालती शुल्क’ (कोर्ट फी) बुझाउने विषयमा तत्काल निर्णय दिन अस्वीकार गरेको छ । अदालतले भनेको छ- ‘बिगो खुलाइएको मुद्दामा अदालती शुल्क लाग्ने कुरामा कुनै विवाद छैन ।’
यद्यपि, यो मुद्दाको कारबाही धेरै अगाडि बढिसकेको हुनाले अहिले नै शुल्कको विषयमा छुट्टै निर्णय गरिरहनु परेन । मुद्दाको अन्तिम फैसला हुँदाका बखत नै कसले कति शुल्क तिर्ने वा भराउने भन्ने कुराको अन्तिम निर्णय हुने भन्दै अदालतले बुद्ध एयरले दिएको निवेदनको लगत कट्टा गरिदिएको छ ।
अर्चना बस्नेतसहितका विपक्षीहरूले बुद्ध एयरविरुद्ध कम्पनी ऐन बमोजिम मुद्दा दायर गरेका थिए । जसमा करिब ५ अर्ब रुपैयाँ बराबरको बिगो (दाबी रकम) माग गरिएको छ । अर्बौ रुपैयाँ माग दाबी भए पनि सुरुमा १ हजार रुपैयाँ मात्र अदालती शुल्क बुझाएर मुद्दा अघि बढाउन खोजेको थियो । तर, बुद्ध एयरको तर्फबाट भने– ‘अर्बौँको दाबी गर्ने तर राज्यलाई तिर्नुपर्ने दस्तुर भने न्यून तिर्ने’ भन्दै पूर्ण शुल्क बुझाउनुपर्ने अडान राखेका थिए ।
के छ सर्वोच्चको नजिर
रामप्रवेश साह विरुद्ध उच्च अदालत जनकपुरको मुद्दामा सर्वोच्च अदालतले निम्न सिद्धान्त प्रतिपादन गरेको छ । अदालतले दिने न्याय एक प्रकारको सेवा हो र ‘अदालती शुल्क’ त्यसैबापतको सेवा शुल्क हो ।
त्यसैले मुद्दा दर्ता गर्ने पक्षले यो शुल्क अनिवार्य तिर्नुपर्छ भनेको छ । साथै यदि मुद्दामा निश्चित रकम (बिगो) दाबी गरिएको छ भने सोही रकमको आधारमा दस्तुर बुझाउनुपर्छ । यसलाई फौजदारी मुद्दा जस्तो मान्न मिल्दैन भनेको छ ।
साथै यदि मुद्दा हाल्ने व्यक्तिको आर्थिक अवस्था अत्यन्तै कमजोर छ र उसले दस्तुर तिर्न सक्दैन भने मात्र अदालतले पछि तिर्ने गरी सुविधा दिन सक्छ । तर, सक्षम कम्पनी वा व्यक्तिले दस्तुरबाट उन्मुक्ति पाउँदैनन् भनी नजिर स्थापित गरेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
-
जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
-
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
-
‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
-
संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय
-
'सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण