अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपाल–भारत मन्त्रीस्तरीय संवाद
सारांश
- स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबीच द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटवार्तामा नेपाल र भारतबीच श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण र सुरक्षित श्रम आप्रवासनमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भयो।
- नेपालले भारतको 'ई-माइग्रेट' र 'ई-श्रम' जस्ता डिजिटल प्रणालीबाट सिक्दै आफ्नो श्रम आप्रवासन सुशासन प्रणालीलाई प्रभावकारी बनाउने इच्छा व्यक्त गरेको छ।
जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा नेपाल र भारतका श्रम मन्त्रीहरूबिच शिष्टाचार भेटवार्ता भएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेबिच बुधबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो।
मन्त्रालयका अनुसार यो भेटवार्ता मुख्य गरी नेपाल र भारतबिचको श्रम गतिशीलता, मर्यादित रोजगारी, सीप विकास, सामाजिक संरक्षण तथा सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा केन्द्रित रह्यो । दुई देशबिच लामो समयदेखि चलिआएको श्रम सम्बन्धलाई अझ बढी सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले यो संवाद भएको हो।
भेटका क्रममा नेपालले आफ्नो श्रम आप्रवासन सुशासन प्रणालीलाई थप प्रभावकारी र परिष्कृत बनाउने चाहना व्यक्त गरेको थियो। यसका लागि नेपालले पारदर्शी प्रणालीको प्रवर्द्धन गर्न र श्रमिकहरूको कल्याण तथा पूर्ण संरक्षण सुनिश्चित गर्न भारतले सञ्चालनमा ल्याएका प्रविधिहरू प्रयोग गर्ने रुचि देखाएको छ।
नेपालले भारतका स्थापित डिजिटल प्रणालीहरू ‘ई–माइग्रेट’ र ‘ई–श्रम’ प्लेटफर्महरूबाट सिक्ने र ती असल अभ्यासहरूलाई आफ्नो देशमा पनि उपयोग गर्ने विषयमा चासो राखेको हो।
छलफलका क्रममा दुवै पक्षले आ–आफ्ना देशका श्रमिक र समुदायहरूको पारस्परिक हितका लागि सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। दुई देशका मन्त्रीहरूबिच श्रम क्षेत्रमा रहेका असल अभ्यासहरू र अनुभवहरू एकापसमा आदानप्रदान गर्ने विषयमा समेत अर्थपूर्ण र सकारात्मक छलफल भएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
-
जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
-
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
-
‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
-
संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय
-
'सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण