बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हर्क साम्पाङले देखाए संसदमा प्लेकार्ड, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

बिहीबार, २८ जेठ २०८३, ११ : ५४
बिहीबार, २८ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।
  • साम्पाङले प्लेकार्ड देखाएर विरोध गर्दै प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने बताए ।
  • माग पूरा नभएसम्म यस विषयमा निरन्तर आवाज उठाउने र नियमावली अनुसार संसद सञ्चालन गर्न ध्यानाकर्षण गराए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेका हुन् ।  उनले सदन सञ्चालन भएपनि माग पूरा नभएसम्म आफूहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राखे । 

साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप