रास्वपा प्रदेश समिति निर्वाचन : कोशीमा मतगणना हुँदै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
- बुधबार राति भएको मतदानमा ९०१ मतदातामध्ये ७०२ जनाले मतदान गरेका थिए र यस अधिवेशनबाट सभापतिसहित ६१ सदस्यीय प्रदेश समिति चयन गरिनेछ ।
- सभापति पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् र प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन् ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना हुँदै छ । बुधबार राति भएको मतदानमा ९०१ मतदातामध्ये ७०२ जनाले मतदान गरेका थिए ।
अधिवेशनबाट सभापतिसहित ६१ सदस्यीय प्रदेश समिति चयन गरिने रास्वपाले जनाएको छ । सभापति पदका लागि सुनसरीकी वर्तमान प्रदेश कार्यवाहक सभापति गोमा तामाङ, मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा। खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली चुनावी मैदानमा छन् ।
सभापति निर्वाचित हुन सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने रास्वपाको विधानमा व्यवस्था छ । कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसके सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबिच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।
प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणबाट ६१ सदस्य चयन भएपछि उनीहरूमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । यसअघि मोरङको विराटचोकस्थित जेसिज भवनमा जारी अधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा ८.१४ अंकको गिरावट, ३ अर्ब ९० करोडको कारोबार
-
अमेरिका–इरान सैन्य तनाव : तेहरानबाट फर्कियो कतारी प्रतिनिधिमण्डल
-
घातक डेंगु संकट अब मनसुनमा मात्र सीमित रहेन
-
नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामाकाे तयारी पूरा, १८ टाेलीबिच प्रतिस्पर्धा हुने
-
कर फेरबदलमा अर्थसचिवको स्पष्टीकरण, ‘जेठ १४ को राति १२ बजेपछि मात्रै अर्थमन्त्रीले दरका विकल्पहरू पाउनुहुन्छ’
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण