बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए

बिहीबार, २८ जेठ २०८३, १२ : २१
बिहीबार, २८ जेठ २०८३

सारांश

  • इन्डोनेसियाको सुमात्रामा चार दिनको भीषण वर्षा र पहिरोले तापनुली ओराङउटानको संख्या ७ प्रतिशतले घटाएको छ ।
  • सन २०२५ को नोभेम्बरमा आएको सेन्यार चक्रवातले ५८ तापनुली ओराङउटानको ज्यान लिएको छ, जसको संख्या करिब ८०० थियो ।
  • यो प्रकोपले वनको क्यानोपीमा क्षति पुर्याएको र खाद्य स्रोतमा कमी आएको अध्ययनले देखाएको छ ।

जर्काता । इन्डोनेसियाको सुमात्रा टापुमा लगातार चार दिनसम्म परेको अत्यधिक वर्षा र त्यसपछि आएको पहिरोले विश्वकै सबैभन्दा संकटग्रस्त बाँदर प्रजाति तापनुली ओराङउटानलाई विलुप्तिको थप नजिक पुर्‍याएको नयाँ अध्ययनले देखाएको छ । 

अनुसन्धानअनुसार, सन २०२५ को नोभेम्बरमा आएको भीषण मौसमीय प्रकोपका कारण ५८ वटा तापनुली ओराङउटान मरेका छन् । यी ओराङउटानको संख्या करिब ८०० थियो । अर्थात् यी घटनामा ७ प्रतिशत ओराङउटान मरेका छन् । 

अध्ययनका लेखकहरूका अनुसार यो अनुमान पनि निकै सावधानीपूर्वक गरिएको हो । वर्षाले वनको माथिल्लो भाग क्यानोपीमा पुर्‍याएको क्षति तथा खाद्य स्रोतमा आएको कमीलाई यसमा समावेश गरिएको छैन ।

नोभेम्बरको अन्त्यतिर आएको सेन्यार चक्रवातले सुमात्रामा ठुलो विनाश मच्चाएको थियो । यस प्राकृतिक विपत्तिले दक्षिणपूर्वी एसियाभर १,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो, जसलाई सन २०२५ को सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ । 

अनुसन्धानकर्ताहरूका अनुसार यस्ता चरम वर्षाका घटनाहरूले प्रत्यक्ष रूपमा ओराङउटानको अस्तित्वलाई खतरा पुर्‍याउन सक्छन् । आँधीपछिका दिनहरूमा तापनुली ओराङउटानको देखापर्ने संख्या अचानक घटेपछि उनीहरू बाढी र पहिरोमा परेका हुनसक्ने आशङ्का गरिएको थियो । 

अध्ययनका सहलेखक एरिक मेइजाड ले यसअघि करिब ३५ वटा ओराङउटान मरेको अनुमान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप